हिस्तान र राम्चेमा बाम लोकतान्त्रिक गठबन्धनको आमसभा

Gandaki Ghumau

बेनी । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी बाम लोकतान्त्रिक गठबन्धनले बुधबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तान र ८ राम्चेका विभिन्न स्थानमा चुनाबी सभा गरेका छन् ।

चुनाबी सभाहरुलाई सम्बोधन गर्दै उम्मेदवारहरुले यसअगाडी निर्वाचित भएर गएका जनप्रतिनिधिले उत्तरी म्याग्दीको विकासमा कुनै चासो नदेखाएकाले अबको पाँचबर्ष जिल्लाको विकासका लागि गठबन्धनका उम्मेदवारलाई मत दिएर विजय बनाउन मतदातालाई अपिल गरेका छन् ।

चुनाबी सभाहरुलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नेपाली काँग्रेसका खमबहादुर गर्वुजा (खमविर)ले उत्तरी म्याग्दीको विकासमा निरन्तर लाग्ने प्रतिबद्धता जनाउनुभयो ।

Shreekrishna

‘वितेका बर्षमा के भयो सबै तपाईहरुलाई थाहा छ,’ उहाँले भन्नुभयो ‘हामीले काम गरेर देखाउँछौ । तपाईको मतको सम्मान हुने गरी काम गछौं ।’ कृषि, पर्यटन र जलविद्युतको क्षेत्रमा उत्तरी म्याग्दीको सम्भावनालाई संघीय सरकारबाट नियमित बजेटको आवश्यकता रहेको गर्बुजाको भनाई थियो ।

Gunasthariya Shiksya

आमसभालाई सम्बोधन गर्दै प्रदेशसभा निर्वाचन क्षेत्र (क)का उम्मेदवार हरि भण्डारीले विगतमा लगाचार जितेकाहरुबाट जिल्ला धेरै पछाडी परेको बताउनुभयो । ‘एकपटक गठबन्धनका उम्मेदवारले जिल्लामा विकासको लहर ल्याउने गरी तपाईलाई मत माग्न आएका छौ,’ उहाँले भन्नुभयो ‘हरेक बस्तीमा पुग्दा मतदाताको गुनासो र आवश्यकतालाई हामीले संकलन गरेका छौ, त्यहीबाट निर्वाचनमा विजय भएपछि कामको सुरुवात गर्नेछौ ।’

आमसभाहरुलाई सम्बोधन गदैं माओवादी केन्द्रका प्रतिनिधि सभाका समानुपातिक उम्मेदवार डाक्टर मिनबहादुर श्रेष्ठले म्याग्दीको विकास गर्न सक्ने मोडेल गठबन्धनका उम्मेदवारसँग भएको बताउनुभयो ।

उहाँले एकपटक राष्ट्रिय योजना आयोगमा काम गर्ने अवसर मिल्दा जिल्लाका ठूला सडकमा बजेट विनियोजन सहितका कार्यमा आफ्नो संलग्नताले सडक सञ्जालमा केही सहज भएपनि सम्रग जिल्ला छिमेकी जिल्लाको तुलनामा धेरै पछाडी परेको बताउनुभयो ।

आमभसामा नेकपा माओवादी केन्द्रद्रका केन्द्रिय सदस्य गोविन्द पौडेल, नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्मा, काँग्रेसका समानुपातीक उम्मेदवार बिमला गौचन,प्रदेशसभाका समानुपातीक उम्मेदवार बागविर पाईजा, एकिकृत समाजवादीका प्रदेश समानुपातीक उम्मेदवार दिलु बुद्धुजा, दुर्गा कार्की, नेपाली काँग्रेसका प्रदेश निर्वाचन क्षेत्र कका सभापति ओम छन्त्याल, अन्नपूर्ण गाउँपालिकाका सभापति कृष्ण बरुवाल लगायतको उपस्थिती रहेको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...