स्वतन्त्र र हाम्रो नेपाली पार्टीको संयुक्त चुनाव प्रचार

Gandaki Pardesh notice

बेनी, । म्याग्दीमा रवी लामीछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी र लौरी अभियान चलाएको हाम्रो नेपाली पार्टीले संयुक्त चुनाव प्रचार अभियान सञ्चालन गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्यका उमेद्वार डा. हरिबहादुर खत्री र हाम्रो नेपाली पार्टीका प्रदेशसभा सदस्यका समानुपातिक उमेद्वार सुस्मिता खत्रीलले संयुक्त चुनाव प्रचार प्रसार गर्नुभएको हो ।

Bhautik ministry notice about road

एउटै गाडीमा दुई जना उमेद्वारहरुको ब्यानर झुण्डाएर भोट माग्दै उनिहरुको चुनाव प्रचार टोली बुधबार धवलागिरी गाउँपालिकाको मुनामा पुगेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्यका उमेद्वार खत्री बेनी नगरपालिका– १ रत्नेचौरका हुनुहुन्छ ।

Shreekrishna hardwear in news

मंगला गाउँपालिका–२ कोत्रवाङमा जन्मिएर मंगला गाउँपालिका ५ स्थायी ठेगाना भएकी समानुपातिक उमेद्वार २६ वर्षीया खत्री अध्ययनको शिलशिलामा हाल काठमाडौमा हुनुहुन्छ । हरिको चुनाव चिन्ह घण्टी र सुस्मिताको चुनाव चिन्ह लौरो हो ।

दुवै पार्टीको मुद्दा मिल्ने र फरक फरक तहका उमेद्वार भएकाले संयुक्त चुनाव प्रचार गरिएको बताएका छन् । उनिहरुले परिवर्तन र शुसासनको एजेण्डा बोकेर वैकल्पिक राजनीतिक शक्ति बन्ने लक्ष्य सहित उमेद्वार बनेको बताएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...