निर्वाचन वहिस्कारको भित्तलेखन गर्ने विप्लपका नेता पक्राउ

Add Samajik bikash office

बेनी । म्याग्दीको बेनीमा निर्वाचन वहिस्कार सम्बन्धी भित्तलेखन गर्ने नेत्रबिक्रम चन्द् (विप्लप) सिका चार जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

Bhautik ministry notice about road

बेनीको जिपपार्कमा भित्तेलेखन गर्दै गरेको अवस्थामा उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा नेकपा सिका उषा मगर, नविन सि, रोहित सि र विशाल सन्यासी रहेका प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिनुभयो ।

उषा नेकपा सिका जिल्ला सेक्रेटरी, नविन सि युवा संगठनका जिल्ला अध्यक्ष हुनुहुन्छ । मंसिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन वहिस्कारका लागि अपिल गर्दै भिक्तेलेखन गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरी निरीक्षक ढकालले बताउनुभयो । चार जनालाईनै जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...