म्याग्दीमा चुनावका लागि ९५६ जना कर्मचारी खटाइयो, नासुलाई मतदान अधिकृत र अधिकृतलाई सहायक बनाइएको कर्मचारीहरुको गुनासो

Gandaki Pardesh notice

बेनी। मंसिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा करिब एक हजार जना कर्मचारी खटाइएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले म्याग्दीका १२० वटा मतदान केन्द्रमा खटिने ९५६ जना कर्मचारीहरुको विवरण मंगलबार सार्वजनिक गरेको हो । सहायक निर्वाचन अधिकृत तेजनारायण पौडेलले कात्तिकको २५ र २६ गते हुने तालिम अगावै खटाइएका कर्मचारीहरुलाई नियुक्तिपत्र प्रदान गरिने जानकारी दिनुभयो ।

१२० मतदान अधिकृत, १२० सहायक मतदान अधिकृत, ५९३ सहायक कर्मचारी, १२० जना सहयोगी कर्मचारी मतदान केन्द्रमा खटाइएको उहाँले बताउनुभयो । मतदान केन्द्रका अतिरिक्त मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ९ र जिल्ला निर्वाचन कार्यालयमा ७ जना कर्मचारी खटिएका छन् ।

Shreekrishna hardwear in news

कर्मचारी खटनपटनका क्रममा त्रुटी भएको कर्मचारीहरुले गुनासो गरेका छन् । नायव सुब्बा तहका कर्मचारीलाई मतदान अधिकृत र अधिकृत स्तरका कर्मचारीलाई सहायक बनाएर खटाइएको गुनासो आएको हो ।

Bhautik ministry notice about road

स्थानीय तह निर्वाचनमा मतदान अधिकृतका रुपमा खटिएका कर्मचारीहरुलाई अहिले सहायक बनाइएको छ । यस्तो अवस्थामा खटिन नसक्ने कर्मचारीहरुले गुनासो गरेका छन् । सहायक निर्वाचन अधिकृत पौडेलले भने प्रकाशित नामावली सूचि संसोधन गर्न सकिने प्रतिक्रीया दिनुभयो ।

मतदाता शिक्षाका लागि कात्तिक १८ गतेदेखि ४६१ जना स्वमसेवक परिचालन गरिएको छ । मतदातालाई मतदान गर्ने तरिका सिकाएर बदर मतको दर घटाउन स्वमसेवक परिचालन गरिएको हो ।

निर्वाचन कार्यालयले चुनावमा खटिने सुरक्षाकर्मी बाहेकका कर्मचारीहरुको विवरण संकलन गरेर मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाएको थियो । संघीय, प्रदेश कार्यालय र स्थानीय तहबाट कर्मचारी, शिक्षक र स्वास्थ्यकर्मीलाई चुनावमा खटाइएको जिल्ला निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले बताउनुभयो ।

प्रतिनिधीसभामा १ र प्रदेशसभामा २ वटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा निर्वाचित हुने तीन पदका लागि १९ जना उमेद्वार प्रतिस्पर्धामा छन् । ६ वटा स्थानीय तह रहेको म्याग्दीमा ८२ वटा मतदान स्थल र ११९ वटा मतदान केन्द्र छन् । जिल्ला कारागार शाखामा एक वटा अस्थायी मतदान केन्द्र कायम गरिएको छ ।

बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकालाई समेटेको ४९ मतदान स्थलमा ६८ वटा केन्द्र रहेको प्रदेशसभा क्षेत्र (क) मा ४८ हजार ४७२, मंगला, मालिका र धवलागिरी गाउँपालिका समावेश ३३ स्थलमा ५१ केन्द्र रहेको प्रदेशसभा क्षेत्र (ख) मा ३७ हजार ६४८ जना मतदाता छन् । ८६३ जना अस्थायी मतदाता छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...