हारबाट विचलित नभएका खम्बिर

Sinchai Khanipani notice

बेनी । यही मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन हुदै छ । यसै क्रममा म्याग्दीको संसदीय निर्वाचनको इतिहासमा खमबहादुर गर्बुजा (खम्वीर) को नाम सबैभन्दा बढी चर्चित छ ।

दुई पटक सम्म उपवेजेता भएका गर्बुजा पुनः तेस्रो पटक प्रतिनिधि सभा सदस्य पदकोे उम्मेद्वार भएर पनि उहाँको चर्चा हुनु स्वाभाविक हो । लामो समय बेलायती सेनाबाट अवकाश प्राप्त गरेपछि नेपाली काँग्रेसको राजनितिमा प्रवेश गर्नुभएका बिकासप्रेमी गर्बुजा २०५४ सालमा नेपाली कांग्रेसमा आवद्ध भएदेखि निरन्तररुपमा कांग्रेसको दरिलो खम्बा बनेर म्याग्दीका विकट गाउँवस्तीहरुको विकासका लागि सधै अग्रस्थानमा रहेर काम गरिरहनुभएको छ ।

दुई पटक सम्म २०७० र २०७४ सालमा उपवेजेता बनेपछि उहाँको राजनितिक सक्रियता झन बढेर गएको छ । बेलायतको सुख सयल, व्यक्तिगत इच्छा र चाहनाहरुलाई म्याग्देली जनताको विकास र समृद्धिको सपनासँग जोडेर म्याग्दीकै माटोमा विकासको लागि आफ्नो समय खर्चिनु भएका नेपाली कांग्रेसका जिल्ला सभापति समते रहनुभएका गर्बुजाले जिल्लाको विकासका लागि लिएको चित्ता र दिएको समयको कदर यस पटक मतादाताले गर्नेमा उहाँ ढुक्क हनुहुन्छ ।

Shreekrishna hardwear in news

‘अहिले सम्म एमालेले जितेको म्याग्दीको विकास र जनताका लागि गरेको कामले जनता सन्तुष्ट भएका छैनन्, उहाँले भन्नुभयो, छिमेकी जिल्लाको तुलनामा म्याग्दी धेरै पछि परेको छ ।’ दुई पटक सम्म हारेर पनि जनताको सेवामा नै सक्रिय भएर लागेको छु, ‘मलाई जितेर कमाउला राम्रो लगाउला भन्ने छैन्, जनताको सेवा संगै म्याग्दीको विकास गरेर देखाउनु छ, गर्बुजाले भन्नुभयो, मैले कमाउन र रमाउन चाहेको भए रातो पासर्पोट लिएर बेलायत बस्ने थिए, आफ्नो जन्मभूमीमा केही गर्नुपर्छ भनेर जनताको सेवामा नै सक्रिय छु ।’

Bhautik ministry notice about road

जिल्लाको सुशासन, विकास र समृद्धिको लागि आफ्नो उम्मेद्वारी भएको र आफु जनप्रतिनिधि नभएता पनि प्रदेश र केन्द्र सरकार संगको समन्वयमा जिल्लाका धेरै विकास निमार्णका काम गरेको उहाँको भनाई छ । उहाँले यस पटक म्याग्देली जनताले आफुलाई भारी मतले बिजय गराउनेमा विस्वस्त रहेको बताउनुभयो ।

अघिल्ला निर्वाचनमा एक्लै प्रस्तिपर्धा गर्नुभएको गर्बुजालाई यस पटक भने पाँच दलको गठबन्धको साथ छ । जिल्लाको स्थानीय तह निर्वाचनको मतका आधारमा गर्बुजाको जित पक्का जस्तै छ । तर पार्टीको आन्तरिक गुट र अन्यदलबाट हुने अन्तरघातको जोखिम पनी उक्तीकै रहेको छ ।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा एमाले चारवटा पालिका प्रमुख, तीन उपप्रमुख, २२ वटा वडामा विजयी भएको थियो। कांग्रेसले दुई प्रमुख, एक उपप्रमुखसहित १७ वटा वडा र माओवादीले दुई पालिका उपप्रमुखसहित ६ वटा वडा जितेको थियो।

जिल्लामा रहेका ४५ वटै वडाहरूमा दलहरूका उम्मेदवारहरूले पाएको मतको आधारमा गठबन्धनका दल एमालेभन्दा बलियो देखिन्छन्। एमालेका वडाध्यक्षका उम्मेदवारले २३ हजार ९० मत ल्याएका थिए । त्यही कांग्रेसका वडाध्यक्षका उम्मेदवारले १९ हजार आठ सय ७० र माओवादीका वडाध्यक्षका उम्मेदवारले आठ हजार पाँच सय ९२ मत ल्याएका थिए ।

धवलागिरि गाउँपालिका–१ गुर्जामा माओवादी–कांग्रेस गठबन्धनका उम्मेदवार निर्विरोध भएका थिए । सो मतबाहेककै पनि म्याग्दीमा एमालेभन्दा गठबन्धनसँग पाँच हजार तीन सय ७२ मत बढी रहेको देखिन्छ । निर्वाचन आयोगका अनुसार म्याग्दीमा अहिले ८६ हजार एक सय २० मतदाता छन् । स्थानीय तहको निर्वाचनपछि नयाँ मतदाता थप र अद्यावधिकमार्फत सात सय ४५ जना नयाँ मतदाता थपिएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...