कलाकार प्रकाश दूतराज भन्छन कसरी यो शरिरलाई मार्न सक्थे र ?

Gandaki Pardesh notice

बेनी, । आत्महत्या प्रयास गरेको समाचार आएपछि गायक प्रकाश दूतराजले त्यसको खण्डन गरेका छन् ।
दूतराजले आइतबार राति आत्महत्या प्रयास गरेका समाचार सार्वजनिक भएको थियो । अष्ट्रेलियामा रहेका दूतराजले सोमबार बिहानै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘म केही छिन् हराउँनु म मर्नु हैन नि !’
आफू कहिलेकाँही त्यतिकै हराइदिने गरेको, कहिले अँध्यारो बन्द कोठाभित्र घण्टौंसम्म आफैंलाई थुनिदिने गरेको पनि बताएका छन् ।
‘हजारौं कोसिस गर्दा पनि यो स्वभाव फेरिन सकेको छैन,’ सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘ यसलाई रोग भनु या मेरो विशेषता ?’ यही कारणले पनि आफूले आफैंलाई दुःखी बनाउने गरेको उनको भनाइ छ ।
उनले समाचारपछि आफू र परिवारलाई असजिलो महसुस भएको गुनासो गरेका छन् । ‘समाचार चढें असजिलो महसुस भयो, ‘उनले अघि लेखेका छन्, ‘ बोली मधुरो पार्दै आमाले फोन गर्नुभएको थियो – सानो दुःखले जन्माएको हुर्काएको होइनौं नि तिमीहरू लाई !’
गलत बुझाइका कारण समाचार आएको दाबी दूतराजको छ । र, त्यसले शुभचिन्तकहरूमा परेको असरप्रति क्षमा माग्दै उनले अन्तिममा लेखेका छन्, ‘ माया गर्नेहरूको आँसुले सराप्छ, कसरी मार्न सक्थें र यो शरीरलाई ?’
अहिले गायक दूतराज सांगीतिक कार्यक्रममा अष्ट्रेलियामा रहेका छन् । अष्ट्रेलियामै रहेका बेला होटेलमै आत्महत्या प्रयास गरेको समाचार आएका हुन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...