धारापानी र दरवाङमा नमुना मतदान

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानी र मालिका गाउँपालिकाको केन्द्र दरवाङमा सोमबार नमुना मतदान गरिएको छ ।

जिल्ला निर्वाचन कार्यायलको आयोजनामा धारापानीको किसानी चन्द्रकुन्ता मावि परिसर र दरवाङको खेलमैदानमा नमुना मतदान भएको थियो । धारापानीमा ४२ र दरवाङमा ४५ जनाले मतदान गरेका जिल्ला निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले बताउनुभयो ।

“प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा मतदाता शिक्षाको अवस्था पहिचान र निर्वाचन सामग्रीको परिक्षणका लागि नमुना मतदान गरिएको हो,” उहाँले भन्नुभयो “धारापानीमा ७ वटा र दरवाङमा २ वटा मत वदर भएको थियो ।”

Shreekrishna hardwear in news

धारापानीको नमुना मतदानमा धवलागिरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुब रिजाल लगायत कर्मचारीहरुले सहयोग गर्नुभएको थियो । परिक्षणका लागि मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र दिइएको थियो । स्थानीयवासिन्दा, विद्यार्थी, कर्मचारीहरुले नमुना मतदानमा भाग लिएका थिए । मंसिर ४ गते हुने चुनावमा चार वटा मतपत्रमा मतदान गर्नुपर्छ ।

मतदानमा सहभागी भएका सर्वसधारणले संघ र प्रदेशको प्रत्यक्षतर्फ मतदान गर्न सहज भएपनि धेरै चुनाव चिन्ह भएको समानुपातिकको मतपत्रमा अलमलिएको बताएका थिए । निर्वाचन आयोगको देशव्यापी कार्यक्रम अन्तरगत म्याग्दीमा कात्तिक १८ गतेदेखि ४६१ जना स्वमसेवक परिचालन भएका छन् ।

Bhautik ministry notice about road

राजनीतिक दल र उमेद्वारहरुले पनि मतदाता शिक्षालाई केन्द्रित गरेर कार्यकर्ता परिचालन गरेको जनाएका छन् । गत वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा ५४ हजार ६७८ मत खसेकोमा ९२.४३ प्रतिशत मत सदर भएको थियो ।

वि.स. २०७४ को प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा ४७ हजार ४४९ मत खसेकोमा समानुपातीको प्रतिनिधीसभातर्फ चार हजार ६८६ (९.८७ प्रतिशत) र प्रदेशसभातर्फ छ हजार ७७५ (१४.२७ प्रतिशत) मत बदर भएको थियो । प्रत्यक्षतर्फ प्रतिनिधिसभामा ४.८१ प्रतिशत र दुई वटै प्रदेशसभामा एक हजार ४८३ ३.१२ प्रतिशत मत बदर भएको निर्वाचन कार्यालयको अभिलेख छ ।

प्रतिनिधीसभामा १ र प्रदेशसभामा २ वटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा निर्वाचित हुने तीन पदका लागि १९ जना उमेद्वार प्रतिस्पर्धामा छन् । बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकालाई समेटेको ४९ मतदान स्थलमा ६८ वटा केन्द्र रहेको प्रदेशसभा क्षेत्र (क) मा ४८ हजार ४७२ मतदाता छन् ।

मंगला, मालिका र धवलागिरी गाउँपालिका समावेश ३३ स्थलमा ५१ केन्द्र रहेको प्रदेशसभा क्षेत्र (ख) मा ३७ हजार ६४८ जना मतदाता छन् । ६ वटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीमा ८२ वटा मतदान स्थल, ११९ वटा मतदान केन्द्र र ८६ हजार जना मतदाता छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...