म्याग्दी क्याम्पसमा कम्युटरको कार्यशाला

Gandaki Pardesh notice

बेनी, । शैक्षिक गुणस्तर प्रत्यायण (क्युएए) मान्यता प्राप्त म्याग्दी बहुमुखी क्याम्पसले शिक्षण विधिमा फरक शैली र बिधी अपनाउदै आएको छ ।

सैद्धान्तिकसँगै व्यवहारिक र सैद्धान्तिक अध्यापन बिधी अपनाउने क्रममा क्याम्पसमा कम्प्युटर विषय अध्ययनरत विद्यार्थीहरुका लागि दुई दिने कार्यशाला सञ्चलन गरेको छ । कात्तिक १६ र १७ गते सञ्चालन भएको कार्यशालामा विआइसिटिई दोस्रो सेमेस्तरका २० जना विद्यार्थीहरु सहभागी थिए । विद्यार्थीहरुमा कम्प्युटर सम्वन्धी थप सिप आर्जन भएको र सूचना तथा प्रविधि सम्बन्धी समसामयिक विषयमा थप जानकारी प्राप्त भएको सहायक क्याम्पस प्रमुख श्रीधर सुवेदीले बताउनुभयो ।

Bhautik ministry notice about road

क्याम्पस सञ्चालक समितिका अध्यक्ष सोमनाथ ढुङ्गानाले उद्घाटन गर्नुभएको कार्यशालमा सफ्टवेयर इन्जिनियर माधव गौतमले सहजीकरण गर्नुभएको थियो । अध्यक्ष ढुङ्गानाले उच्च शिक्षाका लागि जिल्लाको अग्रणी शैक्षिक संस्था म्याग्दी बहुमुखी क्याम्पसले सूचना र प्रविधि विषय अध्यापन गराउन थालेको बताउदै यसबाट जिल्लाका लागि आवश्यक प्राविधिक जनशक्ति उत्पादन हुने विश्वास गर्नुभयो ।

Shreekrishna hardwear in news

क्याम्पस प्रमुख गोरख बहादुर जिसीको अध्यक्षता र विभागीय प्रमुख प्रेमबहादुर जिसीको संचालनमा उद्घाटन सत्र सम्पन्न भएको थियो । त्यस्तै क्याम्पसमा स्नातक तहमा शैक्षिक वर्ष २०७९÷२०८० का लागि विआईसिटिई कार्यक्रमको सूचना प्रविधि विषय अध्ययन गर्न चाहाने विद्यार्थीहरुले यहि कार्तिक ३० गतेसम्म प्रवेश परीक्षाका लागि फारम भर्न सकिने पनि सुवेदीले बताउनुभयो । कक्षा १२ मा जुनसुकै विषय अध्ययन गरि उत्तिर्ण विद्यार्थीहरुले सो सेमेष्टर प्रणालीमा आधारित कार्यक्रममा अध्ययन गर्न पाउने छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...