गठबन्धनका उमेद्वार भण्डारीको तातोपानी र बेनीमा घरदैलो

Add Samajik bikash office

बेनी, । म्याग्दी प्रदेशसभा क्षेत्र (क)का वाम–लोकतान्त्रिक गठबन्धनका साझा उमेद्वार नेकपा माओवादी केन्द्रका युवा नेता हरीबहादुर भण्डारीको टोलीले आइतबार बेनी नगरपालिका–४ तातोपानी, ७ र ८ बेनी बजारमा घरदैलो गर्नुभएको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रचारको क्रममा उमेद्वार भण्डारी, नेपाली काँग्रेसका प्रदेशसभा क्षेत्र (क) का सभापति ओम छन्त्याल लगायतको टोलीले घरदैलो, मतदाता घेटघाट गरेर गठबन्धनका उमेद्वारलाई भोट माग्नुभएको हो ।

Bhautik ministry notice about road

घरदैलोका क्रममा उमेद्वार भण्डारीले स्थानीयबासीको सुझाव, गुनासा, अपेक्षा संकलनका साथै आफ्ना प्रतिवद्धता गर्नुभएको थियो । नागरिकमैत्री कानुन निर्माण, सार्वजनिक सेवा प्रवाहलाई झञ्जटरहित बनाउने र शुसासन, युवालाई रोजगारी र अवसरको सिर्जना गराउन जोड दिदै प्रदेश क्षेत्र र समग्र जिल्लाको भौतिक, सामाजिक र आर्थिक विकासमा सक्रीयताका साथ समन्वय गर्ने भण्डारीले प्रतिवद्धता जनाउनुभयो ।

Shreekrishna hardwear in news
Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...