ढोरपाटनलाई सडकले जोडेर मध्य पहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने गठबन्धनका उमेद्वारहरुको प्रतिवद्धता

Sinchai Khanipani notice

बेनी,। प्रतिनिधि र प्रदेशसभा सदस्य चुनावका लागि पाँच दलीय गठबन्धनका उमेद्वारले म्याग्दीको पश्चिमी क्षेत्र हुदै ढोरपाटनलाई सडकले जोडेर मध्य पहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने प्रतिवद्धता जनाएका छन् ।

धवलागिरी गाउँपालिकाको मुदी, मुना, ताकम र धारापानीमा आइतबार गठबन्धनले आयोजना गरेको चुनावी सभामा उनिहरुले ढोरपाटन जोड्ने सडकलाई मध्य पहाडी लोकमार्गको वैकल्पिक बनाउने र धौलागिरि चक्रीय पदमार्गलाई व्यवस्थित गरेर पर्यटन विकासमा जोड दिने प्रतिवद्धता जनाएका हुन् ।

राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष समेत रहेका नेकपा माओवादी केन्द्रका समानुपातिक उमेद्वार डाक्टर मिनबहादुर श्रेष्ठले मध्य पहाडीको बागलुङ भन्दा म्याग्दी भएर ढोरपाटन जोड्ने सडक ६० किलोमिटर छोटो हुने भएकाले वैकल्पिक बनाउन सकिने बताउनुभयो ।

Shreekrishna hardwear in news

“म योजना आयोगको उपाध्यक्ष हुँदा डिपिआर स्विकृत र बजेटको स्रोत सुनिश्चितता गरेर ठेक्का प्रक्रीया अघि बढाएको बेनी–दरवाङ सडक कालोपत्र गर्ने काम अझै पुरा नहुनु दुखद छ,” उहाँले भन्नुभयो “बेनी–दरवाङ– धवलागिरी गाउँपालिका जोड्ने सडक कालोपत्रलाई पूर्णताका साथै ढोरपाटनलाई सडक सञ्जालमा जोडेर पश्चिम म्याग्दीको समग्र विकासलाई अघि बढाउने हाम्रो प्रतिवद्धता छ ।”

प्रतिनिधीसभा सदस्यका उमेद्वार नेपाली काँग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्बिर)ले ताकमकोत, धौलागिरि चक्रीय पदमार्ग र गुर्जा हिमालको पर्यटन विकासका लागि पूर्वाधार निर्माणका साथै प्रचारप्रसार र व्यवस्थापनमा प्राथमिकता दिने बताउनुभयो ।

पर्यटनको विकास गरेर सहर र विदेशमा गएकालाई गाउँ फर्काउने तथा आयआर्जनको अवसर सिर्जना गराउन सकिने बताउनुभयो । म्याग्दीको विकासमा निरन्तरतामा क्रमभंगता गर्नका लागि यसपाली गठबन्धनलाई जिताउन गर्बुजाले अपिल गर्नुभयो ।

Bhautik ministry notice about road

प्रदेशसभा क्षेत्र (ख)मा गठबन्धनका उमेद्वार माओवादी केन्द्रका जिल्ला संयोजक रेशमबहादुर जुग्जालीले धवलागिरी गाउँपालिकालाई जलविद्युत र जडिवुटीको माध्यमबाट सम्बृद्ध गराउने योजना सुनाउनुभयो ।

“यहाँ निजी क्षेत्र मार्फत भित्रिएका जलविद्युत आयोजना कार्यान्वयनको क्रममा रोजगारी सिर्जना गर्न सिपयुक्त दक्ष र योग्य जनशक्ति उत्पादन गर्न तीनै तहका सरकारबीच समन्वयको वातावरण बनाउँछु,” उहाँले भन्नुभयो “जलविद्युत आयोजना निर्माण सम्पन्न भएपछि र पर्यटनको रोयल्टीबाट यस क्षेत्रको विकास बजेट बढ्छ । नागरिकको आधारभूत आवश्यकता र माग अनुसारका योजना कार्यान्वयन गर्न सहज हुन्छ ।”

चुनावमा मात्र पर्यटक जसरी भोट माग्न मात्र आउने टुरिष्ट उमेद्वारले स्थानीयका समस्या, आवश्यकता नबुझ्ने र काम गर्न पनि गाहे पर्ने भएकाले भूगोलमै निरन्तर राजनीति गरिरहेका उमेद्वार रोज्न जुग्जालीको आग्रह थियो ।

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य गोविन्द पौडेलले आफु संविधानसभा सदस्य हुँदा शुरु गरेको ताकमको घना वस्ति विकासको कार्यक्रमलाई सफल बनाउन पनि यसपाली गठबन्धनलाई जिताउन आग्रह गर्नुभयो । संविधानको रक्षा, स्थिरता, विकास र सम्बृद्धीका लागि बनेको गठबन्धनमा विश्वास कायम गर्न र विपक्षीले फिजाएको भ्रममा नपर्न पौडेलले आग्रह गर्नुभयो ।

नेपाली काँग्रेसका नेता तथा संविधानसभा सदस्य रेशमबहादुर बानियाले शान्ति प्रक्रीया, जनआन्दोलन, संविधान जारी र संघीयताको कार्यान्वयनमा सहकार्य गरेका राजनीतिक शक्तिहरुबीचको सहकार्यले राष्ट्रियताको रक्षा, संविधान कार्यान्वयन र राजनीतिक स्थिरताका साथै शुसासन कायम हुने बताउनुभयो ।

केपी ओलीले आफ्नै दुई तिहाई बहुमत नजिकको संसदलाई दुई दुई पटकसम्म विघटन गरेर देशलाई अप्ठ्यारो अवस्थाबाट राजनीतिक निकास दिन बनेको गठबन्धनको मर्म र भावना बुझेर धवलागिरीका काँग्रेस–माओवादी–समाजवादी र जनमोर्चाका कार्यकर्ताले स्थानीय तहमा जस्तै आगामी चुनावमा प्रतिगामीलाई सवक सिकाउनुपर्ने बानियाको भनाई थियो ।

नेपाली काँग्रेसका समानुपातिक उमेद्वार विमला गौचन, नेकपा एकिकृत समाजवादीका समानुपातिक उमेद्वार दुर्गा कार्की, जनमोर्चाका समानुपातिक उमेद्वार छवी विश्वकर्मा, एकिकृत समाजवादीका जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्माले महिला, दलित, जनजाती, पिछडिएका वर्ग र समुदायको पक्षमा संविधान बनाउने, लोडसेडिङको अन्त्य, शिक्षा, स्वास्थ्यका क्षेत्रमा परिवर्तन ल्याउने योगदान गरेका गठबन्धनका दललाई जिताउन अपिल गर्नुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...