म्याग्दीमा नयाँ प्रजातिको वनस्पति भेटियो

Add Samajik bikash office

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–२ मोरेनीमा नयाँ प्रजातिको वनस्पति भेटिएको छ ।

वनस्पतिविद् भक्तबहादुर रास्कोटीले तिउरीको नयाँ प्रजातिको बिरुवा पहिचान गर्नुभएको हो । यसको वैज्ञानिक नाम ‘इम्पेसियन्स निम्सपुर्जेए’ राखिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा जन्मिएका किर्तिमानी पर्वातारोही निर्मल पूर्जाले पर्वातारोहण र संरक्षणका लागि गरेको कामको मूल्यांकन गर्दै वनस्पतिलाई उनको नाम दिइएको रास्कोटीले बताउनुभयो ।

रास्कोटीले हालै नयाँ प्रजातिको वनस्पतिको बारेमा ५७ पुष्ठ लामो अनुसन्धान प्रतिवेदन सहितको लेख सार्वजनिक गर्नुभएको थियो । सन २०११ को अगस्त २५ मा समुन्द्रि सतह देखि दुई हजार ८०० देखि दुई हजार ९०० मिटरको उचाईमा रास्कोटीले फेला पर्नुभएको यो प्रजातिको वनस्पतिको नमुना संकलन गरेर अध्ययनका लागि राष्ट्रिय हर्बेरियम प्रयोगशाला र त्रिभुवन विश्व विद्यालयको हर्बेरियम विभागमा अभिलेखका लागि राख्नुभएको थियो ।

Shreekrishna hardwear in news

“यो बिरुवाको विश्वमै पहिलोपटक अभिलेख भएकाले अन्य अवस्थाबारे विस्तृत अध्ययन भएको छैन,” रास्कोटीले भन्नुभयो “मोलिक्युलर अध्ययन तथा अन्य विस्तृत विवरणसहितको अध्ययन गर्दा प्रजातिको अभिलेखमा धेरै वर्ष लाग्यो । यो प्रजाति इम्पेसियन्स हारी, इम्पेसियन्स रेडियटा, इम्पेटियन्स वालिचीसँग नजिक देखिएपनि भिन्न छ ।”

Bhautik ministry notice about road

रास्कोटीले नेपालका लागि थप ५ वटा तिउरी प्रजातिको अभिलेख गर्नुभएको छ । यो सँगै नेपालमा तिउरीका अब ५७ वटा प्रजाति नेपालमा अभिलेख भएका छन् । यस्तै, तीमध्ये ८ वटा प्रजाति नेपालमा मात्रै पाइने उक्त अनुसन्धानमा उल्लेख छ । इम्पेसिएन्स ब्राचीसेन्ट्रा, एम्पेसिएन्स इन्फन्डिबुलरिस, इम्पेसिएन्स सिक्किमेन्सिस, इम्पेसिएन्स काटकर्ठी, इम्पेसिएन्स ज्ञामीई प्रजाति नेपालका लागि नयाँ अभिलेख भएका हुन् ।

नयाँ प्रजातिको तिउरीको डाँठबाट आउने फूलको संख्या ३ वटा मात्रै हुने, फराकिलो स्पर र फूलको पात(पेटल) रहेका जस्ता गुणबाट अन्यभन्दा फरक रहेको रास्कोटीले बताउनुभयो । यस्तै, यसको आनुवांशिक (फाइलोजेनी) अध्ययनमा न्यूक्लियर जिन र क्लोरोपास्टका दुई वटा जीनको विश्लेषण गर्दा फरक पाइएको थियो ।

अनुसन्धानकर्ताहरुका अनुसार विज्ञानका लागि नयाँ प्रजाति हुनका लागि वनस्पतिको फूलको बनावटमा कम्तीमा दुई वटा सोभन्दा बढी भिन्न र मोलुक्यूलर विवरण पनि फरक हुनुपर्छ । फूल, डीएनए र बाहिरी आवरणलाई आधार मानेर वनस्पतिहरुको वर्गीकरण र पहिचानमा गरिन्छ । विद्यावारिधी र पोस्टडकको अध्ययन पूरा गरेका अनुसन्धानकर्ता रास्कोटी फ्लोरा अफ नेपाल लेखनको अर्किडेसी समूह लेखनको योगदानकर्ता पनि हुनुहुन्छ ।

वनस्पति जगतको बाल्सामिनेसी परिवारभित्र इम्पेसियन्स जेनस(तिउरी) पर्छ । यो परिवारका दुई वटा जेनस भएपनि नेपालमा तिउरी प्रजातिहरु मात्रै पाइन्छन् । तिउरीलाई फुलको रुपमा रोप्ने तथा जडिबुटीको रुपमा पनि प्रयोग गर्ने गरिन्छ । नेपालको ८ सय मिटरदेखि माथि ४५ सय मिटर उचाइसम्म यो प्रजातिको अभिलेख भएको छ । घाँसे मैदानको ओसिलो ठाउँमा पाइने तिउरीलाई स्थानीयवासीले बर्खामा हिलोले बनाएको घाउमा लगाउने गर्दछन् ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...