विमको एकिकृत वस्तीमा प्रवेशद्वार

Gandaki Ghumau

बिम, । मालिका गाउँपालिका–७ बिममा पहिरो पिडितहरुको बसोबासका लागि म्याग्दी प्रवासी नेपाली संघ (मोना)को सहयोगमा बनाइएको एकिकृत वस्तीमा निर्माण भएको प्रवेशद्धारको शनिबार उद्घाटन गरिएको छ ।

रु. सात लाखको लागतमा निर्माण भएको प्रवेशद्धारको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा, म्याग्दी प्रवासी नेपाली संघ मोनाका अध्यक्ष अमर छन्त्याल र मोनाका तत्कालिन अध्यक्ष तथा पुनः निर्माण समितिका मूल संयोजक ओमनारायण जुग्जालीले उद्घाटन गर्नुभयो ।

प्रवेशद्धारमा एकिकृत वस्ति निर्माणमा सहयोग गर्ने दाताहरुको नामावली सहितको शिलालेख राखिएको छ । समन्वय प्रमुख थापाले प्रवासी म्याग्देलीहरु विपतको साथी र म्याग्दीको विकासको सहयोगी भएको बताउनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

वि.स. २०७७ असारको पहिरोबाट घरवास गुमाएकाहरुलाई मोनाले रु. दुई करोड खर्चेर ४० वटा घर निर्माण मोनाका सचिव सुवोध बरुवालले बताउनुभयो । विम मालिका संघले विमको तल्लो गाउँमा खरिद गरेको जग्गामा मोनाले १० वटा घर र एकिकृत वस्ति बनाएको थियो ।

विम मालिका समाज, मालिका गाउँपालिका र मोनाको त्रिपक्षीय छलफल गरि अव छिट्टैनै घरमा बसेकाहरुलाई लालपूर्जाको पनि उपलब्ध गराउने मोनाका अध्यक्ष अमर छन्त्यालले बताउनुभयो ।

मालिका गाउँपालिकाका अध्यक्ष बेग प्रसाद गर्वुजा, निवर्तमान अध्यक्ष श्रीप्रसाद रोका, किसानी माविका प्रधानाध्यापक जंग बहादुर गर्वुजा, वडा अध्यक्ष टकलाल पुन, मोना ओसियाना क्षेत्रीय संयोजक गोकुल भण्डारी लगायतले जिल्लाको शिक्षा, स्वास्थ्य लगायतको सामाजिक क्षेत्रको विकास तथा विपतको समयमा मोनाले पु¥याएको योगदानको बारेमा प्रशंसा गर्नुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...