स्वतन्त्र उम्मेदवार विनोद भट्टचनको प्रतिवद्धता सार्वजनिक

Gandaki Pardesh notice

बेनी। म्याग्दीबाट प्रतिनिधिसभा सदस्य पदका स्वन्तत्र उम्मेदवार विनोद भट्टचनले शनिबार पत्रकार सम्मेलन गरेर चुनावी एजेण्डा सार्वजनिक गर्नुभएको छ ।
प्रतिनिधि सभाका उम्मेदवार भट्टचनले म्याग्दीलाई समृद्ध र विकसित गराउन लागि हाईड्रोपावर, कृषि र पर्यटनलाई प्रमुख एजेण्डा बनाएका छन् । प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएपछि गर्ने कामहरुबारे सार्वजनिक गर्दै स्वतन्त्र उम्मेदवार भट्टचनले जिल्लाको विकासका लागि प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवारलाई विजयी गराउन म्याग्दीबासी मतदातालाई आग्रह गर्नुभएको छ ।
उहाँले विगतमा हाइड्रोपावर र होटल ब्यवसायमा गरेको लगानी र अनुभव सुनाउदै समृद्ध म्याग्दी बनाउनका लागि हाईड्रोपावरमा लगानी बढाएर म्याग्दीबासीलाई रोजगारी उपलब्ध गराउने मुख्य एजेण्डा सार्वजनिक गर्नुभएको छ ।
“जलस्रोतसंगै कृषिमा ब्यवसायीकरण, पर्यटन, स्वास्थ्य र शिक्षालाई निशुल्क गर्ने एजेण्डा छ”,– उहाँले भन्नुभयो । ‘वर्तमान राजनीतिक दलले जनताको जीवनस्तर सुधार गर्ने पक्षमा भन्दा ब्यापक रुपमा भष्ट्रचार अनियमितता बढाएका छन् । यसलाई न्युनिकरण गर्न स्वतन्त्र उम्मेदवारी बनेर जनतामाझँ आएको छु ।’
अन्नपूर्ण गाउँपालिका– ६ घार घर भई हाल ललितपुरमा होटल ब्यवसाय गर्दै आउनुभएका भट्टचनले प्रत्यक्ष विर्नाचित कार्यकारी प्रधानमन्त्री, राजसंस्था कायम, प्रदेश सरकार खारेज अशिक्षित र भष्ट्रचारी नेतालाई विदाई र भष्ट्रचारमुक्त राज्यको ऐजेण्डा लिएर चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । उहाँले घरदैलो कार्यक्रमबाट मतदाता भेटघाट गर्दै चुनाव चिन्ह क्रस खुकुरी चिनाउदै चुनावी प्रचार–प्रसार कार्यलाई तिव्रता दिनुभएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...