सिंगामा एमालेबाट निर्वाचित पुर्व गाविस उपाध्यक्ष माओवादी प्रवेश

Gandaki Ghumau

बेनी,। म्याग्दीको बेनी नगरपालिका–४ डाडाखेतका नेकपा एमालेका नेता भिमबहादुर मल्ल शुक्रबार नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ ।

मंसिर ४ गते हुन लागेको चुनावको प्रचारका लागि बाम लोकतान्त्रिक गठबन्धनले सिंगामा आयोजना गरेको सभामा मल्ल माओवादी प्रवेश गर्नुभएको हो । मल्ल वि.स. २०५४ को स्थानीय निकाय निर्वाचनमा नेकपा एमालेबाट तत्कालिन सिंगा गाविसको उपाध्यक्षमा निर्वाचित हुनुभएको थिथयो ।

Gunasthariya Shiksya

मल्ललाई नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला ईञ्चार्ज गोविन्द पौडेल, राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष तथा माओवादीका प्रतिनिधीसभामा समानुपातिक उमेद्वार डा. मिनबहादुर श्रेष्ठ, माओवादीका बेनी नगर अध्यक्ष सेरबहादुर केसी, प्रदेशसभा क्षेत्र (क)का उमेद्वार हरी भण्डारी लगायतले स्वागत गर्नुभएको थियो ।

Shreekrishna

प्रतिनिधीसभा विघटन गरेर असंबैधानिक कदम र जनमतको अपमान गर्ने एमालेमा मौलाएको गुटबन्दीका कारण इमान्दार कार्यकर्ताहरु पाखा लागेको, कमिसनखोर र भ्रष्ट्रहरुको संरक्षण गर्ने एमाले नेतृत्वबाट देश विकास, संविधान रक्षा, स्थिरता र विधिको शाषन हुने सम्भावना नभएकाले माओवादीमा प्रवेश गरेको मल्लले बताउनुभयो ।

https://www.facebook.com/100014393806372/videos/5331107920349789/

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...