हाम्रो नेपाली पार्टीले म्याग्दीकी सुस्मिता खत्रीलाई प्रदेशसभामा समानुपातिक उमेद्वार बनायो

Add Samajik bikash office

बेनी, । हाम्रो नेपाली पार्टीले म्याग्दीकी सुस्मिता खत्रीलाई आगामी मंसिर ४ गते हुन लागेको संघ र प्रदेशसभा सदस्य निर्वाचनमा प्रदेशसभाको समानुपातिक उमेद्वार बनाएको छ ।

लौरो अभियान चलाएको पार्टीले मंगला गाउँपालिका–२ कोत्रवाङमा जन्मिएकी २६ वर्षीया खत्रीलाई गण्डकी प्रदेशसभा सदस्यको समानुपातिक उमेद्वार बनाएको हो । मंगला गाउँपालिका–५ स्थायी ठेगाना भएकी खत्री अध्ययनको शिलशिलामा हाल काठमाडौमा हुनुहुन्छ ।

Bhautik ministry notice about road

परिवर्तन र शुसासनको एजेण्डा बोकेर वैकल्पिक राजनीतिक शक्ति बन्ने लक्ष्य राखेको हाम्रो नेपाली पार्टीले प्रदेशसभा सदस्यको समानुपातिक उमेद्वारको बन्द सुचिमा पहिलो नम्बरमा नाम समावेश गरेकोमा खत्री उत्साही बन्नुभएको छ ।

Shreekrishna hardwear in news

“बा आमालाई टेकाउने, भ्रष्ट्रहरुलाई सेकाउने” मुल नारा बनाएको सो पार्टीको चुनाव चिन्ह लौरो रहेको छ । चुनाव प्रचारप्रसार र घरदैलो अभियानका क्रममा मतदाताको प्रतिक्रियाले उत्साहीत भएको उमेद्वार खत्रीले बताउनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...