“राजनीतिक नेतृत्वको सहमतिमा वनेको आचार संहिताको पालनामा उमेद्वार र कार्यकर्ता जिम्मेवार हुनुपर्छ” ः– मुख्य निर्वाचन अधिकृत नेपाल

Gandaki Pardesh notice

म्याग्दी । म्याग्दीका मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले राजनीतिक नेतृत्वको सहमतिमा बनेको आचार संहिता पालनामा उमेद्वार र कार्यकर्ता जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ ।

जिल्ला निर्वाचन कार्यालय म्याग्दीले शुक्रबार बेनीमा आयोजना गरेको मिडिया अभिमुखीकरण कार्यक्रममा जिल्ला न्यायाधिश समेत रहनुभएका नेपालले स्वच्छ, पारदर्शी, धाँधलीरहित, निष्पक्ष हिसाबले सम्पन्न गराउनु सबै सरोकारवाला पक्षको जिम्मेवारी हुने बताउनुभयो ।

“निर्वाचन आयोग हिजोको अवस्थामा छैन, आचार संहिता उल्लंघनका उजुरीको दर बढ्दै गएको छ, उजुरीको सम्बन्धमा निर्वाचन आयोग एक्सनमा जान्छ । कारबाहीको कठोर निर्णय लिने अवस्था नआवस भन्ने अपेक्षा छ,” उहाँले भन्नुभयो “चुनावमा हिजोको जस्तो शैली र संस्कारबाट सम्भव छैन् । राजनीतिक नेतृत्वकै सहमतिमा बनाइएको आचार संहिताको पालना गर्नु उमेद्वार र कार्यकर्ताहरुको जिम्मेवारी हुन जान्छ ।”

Shreekrishna hardwear in news

राज्यसत्तामा स्थापित र विस्थापित गर्ने लोकतान्त्रिक माध्यम चुनाव भएको मुख्य निर्वाचन अधिकृत नेपालको भनाई थियो । चुनावलाई प्रभावकारी बनाउन सञ्चार माध्यम र पत्रकारहरुको पनि महत्वपूर्ण भूमिका हुने उहाँले बताउनुभयो । जिल्ला निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले म्याग्दीमा चुनावको तयारी र निर्वाचन आचार संहितामा भएका व्यवस्थाका बारेमा जानकारी दिनुभयो ।

Bhautik ministry notice about road

चुनावमा लागि आवश्यक तयारी तिब्र बनाइएको उहाले बताउनुभयो । निर्वाचन आयोगले मतदान केन्द्रमा आवश्यक पर्ने ५८ प्रकारका सामग्री पठाइसकिएको छ । प्राप्त भएको मतपेटिका, मतपत्र, छेकावार, कोरा कपडा, स्वितक छाप, मसि, लगायत मतदान केन्द्रमा आवश्यक पर्ने सामग्रीलाई प्याकीङ गरेर तयार पारिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी चित्रनाथ शर्माले बताउनुभयो ।

मत वदर हुने दर घटाउन शुक्रबारदेखि वडा तहमा महिला स्वास्थ्य स्वमसेविकाहरुलाई परिचालन गरेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन भएको छ । १२० मतदान अधिकृत, १२० सहायक मतदान अधिकृत, ५९३ सहायक कर्मचारी, १२० जना सहयोगी कर्मचारी मतदान केन्द्रमा खटाउन छनौटको प्रक्रीया थालिएको छ ।

संघ, प्रदेश र स्थानीय तहका कार्यालयबाट कर्मचारीको विवरण संकलन गरेर मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई उपलब्ध गराइएको छ । प्रतिनिधीसभामा १ र प्रदेशसभामा २ वटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा निर्वाचित हुने तीन पदका लागि १९ जना उमेद्वार प्रतिस्पर्धामा छन् ।

बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकालाई समेटेको ४९ मतदान स्थलमा ६८ वटा केन्द्र रहेको प्रदेशसभा क्षेत्र (क) मा ४८ हजार ४७२ मतदाता छन् । मंगला, मालिका र धवलागिरी गाउँपालिका समावेश ३३ स्थलमा ५१ केन्द्र रहेको प्रदेशसभा क्षेत्र (ख) मा ३७ हजार ६४८ जना मतदाता छन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले चुनावमा सञ्चार माध्यम र पत्रकारको भूमिकाका विषयमा सहजिकरण गर्नुभएको थियो । चुनावको विश्वसनीयता बढाउन पत्रकारले निगरानी, सचेतना फैलाउने, जागरण ल्याउने र सन्तुलित भूमिका निर्वाह गर्नुपर्ने अध्यक्ष पौडेलको भनाई थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...