म्याग्दीमा निर्वाचन सम्बन्धी सामग्री आइपुग्यो

Gandaki Pardesh notice

बेनी । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि आवश्यक सामग्री म्याग्दीमा आइपुगेको छ । निर्वाचन आयोगले मतदान केन्द्रमा आवश्यक पर्ने ५८ प्रकारका सामग्री पठाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी चित्रनाथ शर्माका अनुसार मतपेटिका, मतपत्र, छेकावार, कोरा कपडा, स्वितक छाप, मसि, लगायत मतदान केन्द्रमा आवश्यक पर्ने सामग्री आएको हो । प्राप्त भएका सामग्रीलाई मतदान केन्द्रमा पठाउनका लागि पोका पारेर तयार पारिएको सूचना अधिकारी शर्माले बताउनुभयो ।

प्रतिनिधि र प्रदेशसभाको लागि समानुपातिक मतपत्र समेत म्याग्दीमा आइसकेको छ । निर्वाचन सामग्री व्यवस्थापनसँगै मतदान केन्द्रमा खटिने कर्मचारी खटनपटनको तयारी भएको छ । १२० मतदान अधिकृत, १२० सहायक मतदान अधिकृत, ५९३ सहायक कर्मचारी, १२० जना सहयोगी कर्मचारी मतदान केन्द्रमा खटाइने जिल्ला निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

वदर मतको दर घटाउन मतदाता शिक्षाका लागि बिहिबारदेखि जिल्लाभर ४६१ जना स्वमसेवक परिचालन भएका छन् । स्वयंसेवकले मतदान गर्ने, मतपत्र मतपेटिकामा खसाल्ने, मतदान केन्द्रसम्म पुग्ने लगायत विषयमा सिकाउने छन् ।

६ वटा स्थानीय तह रहेको म्याग्दीमा ८२ वटा मतदान स्थल र ११९ वटा मतदान केन्द्र छन् । प्रतिनिधीसभामा १ र प्रदेशसभामा २ वटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा निर्वाचित हुने तीन पदका लागि १९ जना उमेद्वार प्रतिस्पर्धामा छन् ।

बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकालाई समेटेको ४९ मतदान स्थलमा ६८ वटा केन्द्र रहेको प्रदेशसभा क्षेत्र (क) मा ४८ हजार ४७२ मतदाता छन् । मंगला, मालिका र धवलागिरी गाउँपालिका समावेश ३३ स्थलमा ५१ केन्द्र रहेको प्रदेशसभा क्षेत्र (ख) मा ३७ हजार ६४८ जना मतदाता छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...