बेनीमा एमालेका उमेद्वारको घरदैलो

Add Samajik bikash office

बेनी, । नेकपा एमालेका उमेद्वारहरुले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारका क्रममा बिहिबार बेनीमा घरदैलो गर्नुभएको छ ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य थममाया थापा, केन्द्रीय सदस्य भूपेन्द्रबहादुर थापासहित प्रतिनिधि सभाका उम्मेदवार हरिकृष्ण श्रेष्ठ र प्रदेश सभा निर्वाचन क्षेत्रनम्बर (१)का उम्मेदवार देवेन्द्रबहादुर कटुवाल क्षत्रीसहितको टोलीले घरदैलो गर्दै उम्मेदवार र एमाले पार्टीको पक्षमा भोट मागेको जनाएको छ । बेनीको आवारोड, वीरेन्द्रचोक, हुलाकचोक, न्युरोड, क्याम्पसचोक, शिक्षामार्ग, हस्पिटलचोक क्षेत्रमा घरदैलो र भेटघाट गरिएको छ ।

मतदाता भेटघाटको क्रममा एमाले उम्मेदवार श्रेष्ठले आफ्नो उम्मेदवारी टुङ्गो लागिसकेपछि आफू म्याग्दीको सबै पालिकाको अधिकांश वडामा पुगेर घरदैलो र मतदाता भेटघाट गर्ने क्रममा आफूले सकारात्मक र उत्साहजनक सन्देश पाएको बताउनुभयो । उहाँले एमाले पार्टीले अगाडि सारेको ‘समृद्ध नेपाल र सुखी नेपाली’को अभियानअनुसार जिल्लामा पनि समृद्ध म्याग्दी र सुखी म्याग्देली अभियानसहित चुनावमा होमिएको बताउँदै शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन र विद्युतका पूर्वाधारहरु निर्माण गरी म्याग्दीको मुहार फेर्ने एजेण्डा रहेको जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

प्रदेशसभा (१)का एमाले उम्मेदवार कटुवालले घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममार्फत जनताको घरदैलो र वस्तीमा पुग्दा नेकपा एमालेप्रति आम म्याग्देली जनताको सकारात्मक सन्देश प्राप्त भएको बताउनुभयो । उहाँले पार्टीको घोषणापत्र र आफूहरुले गरेको प्रतिबद्धताअनुसार काम गर्ने बताउँदै जनताको सामान्य समस्यादेखि लिएर शिक्षा स्वास्थ्य, सडकलगायत विकासका पूर्वाधारमार्फत म्याग्दीवासीलाई सेवासुविधा उपलब्ध गराउने बताउनुभयो ।

कार्यक्रममा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य खुमबहादुर बानियाँ, प्रदेश कमिटी सदस्य प्रमोद श्रेष्ठ, जिल्ला उपाध्यक्ष बालकृष्ण सुवेदी, सचिवालय सदस्य रामप्रसाद सुवेदी, अनेरास्ववियुका स्थायी कमिटी सदस्य प्रकाश पौडेल, सचिवालय सदस्य सुवाश विश्वकर्मासहित एमाले नेता, कार्यकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रममा जनसांस्कृतिक महासंघका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।

यसैगरी प्रदेशसभा निर्वाचन क्षेत्रनम्बर २ अन्तर्गत मंगला गाउँपालिका–३, बराङ्जाको पखेर, १ नम्बर वडा कुहुँको पैयुँपाटा, सल्यान र लरेनीको टोल, वस्तीमा पुगेर चुनावलक्षित कार्यक्रम गरिएको छ । एमाले केन्द्रीय सदस्य नरदेवी पुन, प्रदेशसभा निर्वाचन क्षेत्रनम्बर (२)का एमाले उम्मेदवार यामबहादुर गर्बुजा, जिल्ला सचिवालय सदस्य खरमाया बिटालु, जिल्ला सदस्य सिर्जना केसी, अनेमसंघका अध्यक्ष यशुदा रोकासहितको टोलीले एमाले उम्मेदवार तथा पार्टीको पक्षमा भोट मागेको जनाएका छन् ।

यसैगरी धवलागिरि–६, मराङको राम्चे, मालिकाको विम, रुम, बिरबाङ तथा अनेमसंघले रुमको घरथोक, ढोलबाङ र खबाङमा घरदैलोको साथै मतदाता भेटघाट कार्यक्रम गरिएको छ । त्यस्तै मालिकाको दरबाङमा युवा संघ नेपालको सम्पन्न पालिकास्तरीय भेलाबाट जबिन रोकाको संयोजकत्वमा पालिका कमिटी गठन भएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...