अर्मनमा गठबन्धनका उम्मेदवारको घरदैलो

Gandaki Pardesh notice

बेनी, । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धन गरेका नेपाली काँग्रेस र नेकपा माओवादीका साझा उम्मेदवारहरूले मंगला गाउँपालिका–५ अर्मनमा घरदैलो, मतदाता र कार्यकर्ता भेटघाट गरेका छन् ।
गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नेपाली काँग्रेसका जिल्ला सभापति खमबहादुर गर्वुजा (खम्बिर) र प्रदेशसभा सदस्य क्षेत्र नं २ का उम्मेदवार नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक सुविन जुग्जालीले मंगला गाउँपालिका वडा नं ५ अर्मनमा विभिन्न स्थानमा घरदैलो अभियान गर्नुभएको हो ।
घरदैलो अभियान सहित खेतबारीमा रहेका मतदातालाई भेट्दै उम्मेदवार गर्बुजाले पाँचबर्षमा म्याग्देली जनतालाई बिकासको अनुभुति दिलाउने गरी काम गर्ने गठबन्धनका उम्मेदवारलाई मतदान गरी विजय बनाउन अनुरोध गर्नुभयो । अब गठबन्धनको सरकार बनेमा ६५ वर्षमै वृद्ध भत्ता, ३ वर्ष मुनि र ७३ वर्षमाथिका नागरिकलाई निःशुल्क उपचार, विपन्नलाई १० हजार किरिया खर्च, ५० युनिटसम्म विद्युत निःशुल्क जस्ता सुविधा दिने समेत गर्बुजाको भनाई थियो ।
जिल्लाभित्र सामानुपातिक बजेट वितरण, ग्रामिण क्षेत्रमा रहेका अति आवश्यक समस्याहरु समाधान सहितका कार्यहरुलाई पहिलो प्राथमिकता दिने प्रदेशसभा सदस्यका उम्मेदवार जुग्जालीले बताउनुभयो । मतदातालाई भेठघाट सहित घरदैलो अभियानको क्रममा प्राप्त सुझावलाई विजय भएपछि पहिलो प्राथमिकतामै कार्यान्वयन गर्ने बताउनुभयो ।
यसैबीच प्रदेशसभा क्षेत्र नं १ का उम्मेदवार नेकपा माओवादी केन्द्रका नेता हरि भण्डारीले रघुगंगा गाउँपालिका वडा नं ८ कुईने, वडा नं ६ ठाडाखानीमा घरदैलो अभियान गर्नुभएको छ । घरदैलो अभियानमा उम्मेदवार भण्डारीले प्रदेश सकारले यसअगाडी गरेका विकास निर्माणका गतिविधिलाई निरन्तरताका साथै जनताको आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो । उहाँले छिमेकी जिल्लाको पहुँचका कारण विकासमा फड्को मारेको बताउँदै म्याग्दीको विकासका लागि समेत अव ढिलाई गर्न नहुने बताउनुभयो । घरदैलो अभियानमा नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरुको उपस्थिती रहेको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...