गठबन्धनका उमेद्वारको मौवाफाँट र कोटगाउँमा मतदाता भेटघाट

Shreekrishna hardware

बेनी, । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धन गरेका नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका साझा उम्मेदवारहरुले बिहिबार रघुगंगा गाउँपालिका–६ पाखापानीको रायखोर, कोटगाउँ, वडा नम्बर ३ पिप्ले, रानीपौवा लगायतका क्षेत्रमा घरदैलो गरेका छन् ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

कोटगाउँमा घरदैलो पश्चात आयोजित कार्यक्रममा प्रदेशसभा सदस्यका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का हरि भण्डारीले म्याग्दीको विकासका लागि यस पटक गठबन्धनका उम्मेदवारहरुलाई बिजयी गराउन आग्रह गर्नुभयो । उहाँले जनमैत्री नीति निर्माणदेखि जिल्लाको विकास निर्माणमा गठबन्धनका उम्मेदवारको जित आबश्यक रहेकोमा जोड दिनुभयो ।

प्रदेश सभा सदस्य पदका उम्मेदवार भण्डारीको नेतृत्वमा नेपाली काँग्रेस प्रदेश सभा निर्वाचन क्षेत्र (क) का उपसभापति भबबहादुर भण्डारी, रघुगंगा गाउँपालिका समितिका सभापति मनकुमार शेरपुञ्जा, जिल्ला सदस्य सम्झना परियार, नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य रिम कटुवाल, चिना हमाल, काँग्रेस पाखापानीका सभापती भेषबहादुर पुन, नेविसंघका टेकेन्द्र गर्वुजा लगायतको टोलीले वडा नम्बर ६ का विभिन्न बस्तीमा घरदैलो गरि गठबन्धनका साझा उम्मेदवारहरुलाई बिजयी गराउन आह्वान गर्नुभएको थियो ।
त्यसैगरि गठबन्धनबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार खमबिर गर्वुजाको नेतृत्वको टोलीले विहिवार नै रघुगंगाको पिप्ले, रानीपौवा लगायतको बस्तीमा घरदैलो गर्नुभएको छ । घरदैलो गर्दै प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार गर्वुजाले पहिलो र दास्रो पटकको निर्वाचनले आफुलाई सिकाई भएको बताउँदै यस पटक म्याग्दीको विकासमा आमुल परिवर्तन ल्याउनका लागि आफु सहित गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन आग्रह गर्नुभएको छ ।
लगातार दुई पटक सम्म एमालेले प्रतिनिधि सभामा जाने अवसर पाउँदा समेत जिल्लामा विकास निर्माणमा नेतृत्वदायि भुमिका खेल्न नसकेको बताउँदै आफु बिजयी भएमा विकास निर्माणका योजना ल्याउन केन्द्र सरकारसंग रचनात्मक भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...