मतदाता शिक्षाका लागि स्वमसेवक परिचालन गरिदै

Gandaki Pardesh notice

बेनी, । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरेर म्याग्दीमा मतदाता शिक्षा अभियान सञ्चालन गर्ने तयारी भएको छ ।

जिल्ला निर्वाचन कार्यालयले स्थानीय तह मार्फत महिला स्वास्थ्य स्वमसेविकाहरुलाई मतदाता शिक्षाका लागि परिचालन गर्न लागिएको जनाएको छ । म्याग्दीमा ४६१ जना स्वमसेविकाहरुलाई कात्तिक १७ गतेभित्र नियुक्ति गरेर १८ गतेदेखि मतदाता शिक्षा अभियानमा परिचालन गरिने जिल्ला निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

“निर्वाचन आयोगले बनाएको निर्देशिका अनुसार महिला स्वास्थ्य स्वमसेविकाहरुलाई मतदाता शिक्षा अभियानमा परिचालन गर्न लागिएको हो,” उहाँले भन्नुभयो “स्थानीय तहले खटाउने स्वमसेवकहरुका लागि आवश्यक मतदाता शिक्षा सामग्री पठाइसकेका छौ ।”

Shreekrishna hardwear in news

स्वयंसेवकले ब्रोसरका माध्यमबाट मतदान गर्ने, मतपत्र मतपेटिकामा खसाल्ने, मतदान केन्द्रसम्म पुग्ने लगायत विषयमा सिकाउने छन् । मत वदर हुने दर घटाउनका लागि निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गर्न लागिएको हो । गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा ५४ हजार ६७८ मत खसेकोमा ९२.४३ प्रतिशत मत सदर भएको थियो ।

Bhautik ministry notice about road

वि.स. २०७४ को प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा ४७ हजार ४४९ मत खसेकोमा समानुपातीको प्रतिनिधीसभातर्फ चार हजार ६८६ (९.८७ प्रतिशत) र प्रदेशसभातर्फ छ हजार ७७५ (१४.२७ प्रतिशत) मत बदर भएको थियो। प्रत्यक्षतर्फ प्रतिनिधिसभामा ४.८१ प्रतिशत र दुई वटै प्रदेशसभामा एक हजार ४८३ ३.१२ प्रतिशत मत बदर भएको निर्वाचन कार्यालयको अभिलेख छ ।

६ वटा स्थानीय तह रहेको म्याग्दीमा ८२ वटा मतदान स्थल र ११९ वटा मतदान केन्द्र छन् । प्रतिनिधीसभामा १ र प्रदेशसभामा २ वटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा निर्वाचित हुने तीन पदका लागि १९ जना उमेद्वार प्रतिस्पर्धामा छन् । बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकालाई समेटेको ४९ मतदान स्थलमा ६८ वटा केन्द्र रहेको प्रदेशसभा क्षेत्र (क) मा ४८ हजार ४७२ मतदाता छन् ।

मंगला, मालिका र धवलागिरी गाउँपालिका समावेश ३३ स्थलमा ५१ केन्द्र रहेको प्रदेशसभा क्षेत्र (ख) मा ३७ हजार ६४८ जना मतदाता छन् । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी चित्रनाथ शर्माले प्रदेशसभाको २ वटा र प्रतिनिधिसभाको एक वटा निर्वाचन क्षेत्रको समानुपातिक मतपत्र लगायत निर्वाचन सामग्री आइसकेको बताउनुभयो ।

निर्वाचन सामग्री व्यवस्थापन, मतदान केन्द्रमा खटिने जनशक्तिको खटनपटन र मतदाता शिक्षामा केन्द्रित भएको निर्वाचन कार्यालयले जनाएको छ । १२० मतदान अधिकृत, १२० सहायक मतदान अधिकृत, ५९३ सहायक कर्मचारी, १२० जना सहयोगी कर्मचारी मतदान केन्द्रमा खटाइने निर्वाचन अधिकृत घिमिरेले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...