एमाले उम्मेदवार भकिम्ली र खोरियामा

Add Samajik bikash office

बेनी, । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको प्रचार अभियान अन्तरगत नेकपाका उमेद्वारहरुले मंगलबार बेनी नगरपालिका–३ भकिम्ली र धवलागिरी गाउँपालिका–२ खोरियामा मतदाता भेटघाट गरेका छन् ।

प्रतिनिधिसभा सदस्यका उमेद्वार हरिकृष्ण श्रेष्ठ र प्रदेशसभा क्षेत्र (क)का देवेन्द्रबहादुर कटुवालले भकिम्लीको हल्लेगौंडा, चिनाखेत, भकिम्ली, डोले र छेपारेलगायत टोल, वस्तीमा घरदैलो र मतदाता भेटघाट गर्नुभएको हो ।

उम्मेदवार श्रेष्ठले आफू सरकारी जागिरको माया मारेर जनताको सेवा गर्नका लागि राजनीतिमा लागेको हुँदा आसन्न निर्वाचनमा भोट दिएर जिताउन आग्रह गर्नुभयो । उहाँले यसअघि आफू तत्कालीन अर्थुङ्गे गाविसको अध्यक्ष हुँदा समग्र बेनीबजारको व्यवस्थापन गर्ने, व्यावसायिक कर उठाउने नीति बसाल्ने, बजार तथा गाउँका सडकहरुको मापदण्ड तयार गर्नेलगायत विकास निर्माणका काम गरेको बताउँदै अब पनि जिल्लाको विकास र नागरिकको सेवा गर्ने अवसर प्रदान गर्न एमाले पार्टी र एमालेका उम्मेदवारलाई जिताउनुपर्ने बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

सोही क्रममा प्रदेश सभा (क)का उम्मेदवार कटुवालले यसअघि दुई पटकसम्म जनप्रतिनिधिको भूमिकामा रहेर जिल्लाको वस्तुस्थिति बुझ्नुका साथै विकास निर्माणमा आवश्यक पहल गरेको हुँदा जिल्लाको विकासलाई थप गति दिन आफू र एमालेको पक्षमा मतदान गर्न आग्रह गर्नुभयो । उहाँले समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई पुरा गर्नका लागि पनि देशमा एमालेको सरकार आवश्यक रहेकाले एमाले उम्मेदवारलाई विजयी बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा एमाले गण्डकी प्रदेश कमिटी सदस्य भोजबहादुर थापा, जिल्ला कमिटी सदस्य गेमबहादुर घर्ती, भकिम्लीका वडा कमिटी अध्यक्ष गेमबहादुर घर्तीलगायत स्थानीय नेता, कार्यकर्ताहरुको सहभागिता रहेको थियो । यसैगरी प्रदेश सभा (ख)का उम्मेदवार यामबहादुर गर्बुजा, एमाले धवलागिरि गाउँपालिका कमिटी अध्यक्ष रेशम छन्त्याल र प्रदेश सभा (ख) निर्वाचन परिचालन समन्वय कमिटी सचिव प्रगति कार्कीसहितको टोलीले लुलाङको खोरियामा घरदैलो गरी मतदातालाई भेटघाट गरेको छ ।

एमाले मंगला गाउँपालिका कमिटीले समेत पालिकाभित्र पाँचवटै वडा कमिटीको वैठक बसेर आसन्न निर्वाचन लक्षित तयारी गरेको छ । वडा कमिटीहरुको वैठकमार्फत निर्वाचन प्रचार सामग्री सबै टोल र वस्तीमा पु¥याउने, एमाले नेतृत्वको सरकारले गरेका राम्रा कामहरुको बारेमा जनतालाई सुसूचित गराउने र पार्टीको पक्षमा चुनाव पार्ने तथा उम्मेदवारलाई विजयी बनाउने गरी लाग्न आवश्यक योजना बनाइएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...