पोखरामा रहेका म्याग्देलीसँग बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार

Add Samajik bikash office

बेनी । पोखरामा बसोबास गर्ने म्याग्देली मतदाताहरुसँग मंगलबार वाम लोकतान्त्रिक गठबन्धनका उमेद्वारहरुले भेटघाट गरेका छन् ।

पेशा, व्यवसाय, रोजगारी र अध्ययनको शिलशिलामा प्रदेश राजधानी पोखरामा बसोबास गर्ने मतदाता तथा गठबन्धनमा आवद्ध दलका कार्यकर्ताहरुसँग भेटघाट गरेका हुन् ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार एवं नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ले संविधानको रक्षा, जिल्लामा विकासलाई गति दिन,सुशासन तथा विकास मार्फत जिल्लाबासीको जिवन स्तरमा परिवर्तन ल्याउन गठबन्धनका उम्मेद्वारलाई जिताउन आह्वान गर्नुभयो ।

Shreekrishna hardwear in news

‘संविधानको रक्षा, राजनितिक स्थायीत्व र केपी ओलीले गरेका गलत कार्यहरुलाई रोक्न प्रमुख राजनीतिक दलहरु गठबन्धन गरेर निर्वाचनमा होमिनुपरेको हो,’ उहाँले भन्नुभयो ‘संविधान र प्राप्त उपलब्धीहरुको रक्षा गर्दै समृद्ध मुलुक निर्माणमा गठबन्धनका उम्मेदवारहरुलाई बिजयी गराउन आह्वान गर्दछु ।’

Bhautik ministry notice about road

म्याग्दीबाट निरन्तर रुपमा नेकपा एमालेले नेतृत्व गरिरहँदा छिमेकी जिल्लाहरुको तुलनामा म्याग्दीका विकास नगन्य रहेको बताउँदै उहाँले आगामी प्रदेश र संघीय सरकार समेत गठबन्धनकै बन्ने भएकाले यस पटक गठबन्धनका उम्मेदवारलाई बिजयी गराउनुपर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा प्रदेशसभा सदस्य पदका उम्मेदवार हरीबहादुर भण्डारीले परिवर्तित अवस्था र चुनौतिपूर्ण विकासको गतिलाई अघि बढाउन गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्नुपर्ने बताउनुभयो । उहाँले प्रदेशसभामा जनताको पक्षमा नीति निर्माणसंगै जिल्लामा विकास योजना भित्र्याउन आफुले हस्तक्षपकारी भूमिका खेल्ने बताउँदै निर्बाचनमा बाम–लोकतान्त्रिक गठबन्धनलाई मतदान गर्न अपिल गर्नुभयो ।

‘भौतिक पूर्वाधारको विकास संगै शिक्षा, स्वास्थ्य, खानेपानी, यातायातको अवस्थामा सुधार र परिवर्तन ल्याउँदै आम नागरिकको दैनिकिमा सकरात्मक प्रभाब ल्याउनु हाम्रो प्रमुख उदेश्य हो, युवाहरुलाई स्वदेशमै आत्मनिर्भर बनेर स्वरोजगार बनाउने कार्यमा मेरो विषेश भुमिका रहन्छ’–भण्डारीले भन्नुभयो ।

कार्यक्रममा निवर्तमान गण्डकी प्रदेश सभा सदस्य विनोद केसी, कांग्रेस प्रदेश सभा क्षेत्र (क) कार्यसमितिका सभापति ओम छन्त्याल, कांग्रेस अन्नपुर्ण गाउँपालिका कार्यसमितिका निवर्तमान सभापति क्याप्टेन बलबहादुर तिलिजा लगायतले बोल्नुभएको थियो । राजकुमारी पुनको अध्यक्षता, कांग्रेस महाधिवेशन प्रतितिनिधि श्रीप्रसाद रोकाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...