मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई एमालेका उमेद्वारको जवाफ

Gandaki Pardesh notice

बेनी, । आचार संहिता उल्लङघनका विषयमा मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई नेकपा (एमाले)का दुई जना उमेद्वारले मंगलबार लिखित जवाफ पेश गरेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले म्याग्दीमा एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका हरिकृष्ण श्रेष्ठ र तथा प्रदेशसभा (ख) का उम्मेदवार यामबहादुर गर्वुजालाई निर्वाचन आचारसंहिता उल्लंघन गरेको विषयमा सोमबार २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।

आचारसंहिता अनुगमन समितिका अधिकृत रामभक्त रानाभाटका अनुसार एमाले उम्मेदवारहरूले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई ‘निर्वाचन निर्देशिकाको अनुसूची ६ अन्तर्गत नै चुनावी गतिविधि गरेको’ जवाफ पेश गरेका छन् । आचारसंहिता उल्लंघन गरेको विषयमा विपक्षीले लगाएको आरोप मात्र भएको एमालेका उमेद्वारहरुले तर्क गरेका छन् ।

Bhautik ministry notice about road

नेपाली कांग्रेस उपसभापति केवी भण्डारीले उम्मेदवारद्वय श्रेष्ठ र गर्वुजाविरुद्ध निर्वाचन आचारसंहिता विपरीत एमालेका उम्मेदवारहरूले मालिका गाउँपालिका ३ मा चामल वितरण गरेको अडियो भिडियो र युवा क्लबलाई चन्दा दिएको रसिद सहित आइतबार उजुरी दिनुभएको थियो ।

Shreekrishna hardwear in news

मुख्य निर्वाचन अधिकृतको कार्यालयले एमालेका उमेद्वार श्रेष्ठ र गर्बुजाले तोकिएको समयभित्रनै प्रतिनिधिमार्फत जवाफ पेश गरेका र जवाफका विषयमा समितिको बैठक बसेर निर्णय लिइने जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...