म्याग्दीमा एमालेको घरदैलो र मतदाता भेटघाट जारी

Gandaki Ghumau

बेनी, । नेकपा एमाले म्याग्दीको सोमबार म्याग्दीको विभिन्न ठाउँमा मतदाता, कार्यकर्ता भेटघाट र घरदैलो गरेका छन् ।

आसन्न मंसिर ४ गतेको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी एमाले उम्मेदवारसहित टोल भेलाको साथमा घरदैलो र मतदाता भेटघाट गरिएको हो । मंगला गाउँपालिकामा प्रतिनिधिसभा सदस्यका उमेद्वार हरिकृष्ण श्रेष्ठको टोलीले कार्यकर्ता भेटघाट गरेका छन् ।

प्रदेशसभा क्षेत्र (ख)का उमेद्वार याम गर्बुजा, एमाले धवलागिरी गाउँपालिका अध्यक्ष रेशम छन्त्याल लगायतको टोलीले गुर्जामा कार्यकर्ता र मतदाता भेटघाट गरेका छन् । उनिहरुले माओवादीका प्रेम छन्त्याल, गोर्खा छन्त्याल, तारामान विक लगायत स्थानीय कार्यकर्तालाई एमालेमा प्रवेश गराएको जनाएका छन् ।

Shreekrishna

अनेमसंघका जिल्ला अध्यक्ष तथा एमाले म्याग्दीका उपसचिव थमसरा पुनको टोलीले मालिका गाउँपालिका–२ रुममा महिला कार्यकर्ताको भेला गरि आसन्न चुनाव लक्षित प्रशिक्षण दिएका छन् । घरदैलो तथा मतदाता भेटघाटको क्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य एवं प्रतिनिधि सभाका उम्मेदवार हरिकृष्ण श्रेष्ठले आफू र एमालेको पक्षमा मतदान गरी विजयी बनाउन मतदाताहरुलाई अपिल गर्नुभयो ।

Gunasthariya Shiksya

उहाँले म्याग्दी जिल्लाको विकास र समृद्धिको योजनासहित आफू चुनावमा होमिएको बताउँदै जिल्लामा शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन, यातायात र कृषिमा आधुनिकीकरणमार्फत रोजगारी सिर्जना गर्ने एजेण्डा रहेको बताउनुभयो ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व सांसद नरदेवी पुनले यसअघि आफू प्रदेशको सामाजिक विकास मन्त्री हुँदा म्याग्दीको शैक्षिक तथा पूर्वाधार विकास निर्माणमा पर्याप्त बजेट विनियोजन गरेको बताउँदै समग्र जिल्लाको विकासका लागि एमालेलाई मतदान गरी विजयी बनाउनुपर्ने बताउनुभयो ।

उहाँले विगतमा एमाले नेतृत्वको सरकारले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको कार्यान्वयनको जग बसालेको भन्दै आर्थिक समृद्धि र विकास निर्माणलाई पूर्णता दिनका लागि एमाले र एमालेका उम्मेदवारलाई जिताउन मतदातालाई अनुरोध गर्नुभयो ।

एमाले जिल्ला कमिटी सदस्य सिर्जना केसीले स्थानीय स्रोतसाधनको परिचालन गरी स्वदेशमै युवा रोजगारसहित विदेश पलायन रोक्न, देशको विकास निर्माणलाई तीव्रता दिन र जनमुखी बजेट निर्माण एवं कार्यक्रममार्फत जनताको आवश्यकता पूर्ति गर्न एमालेको पक्षमा मतदान गर्नुपर्ने बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...