रघुगंगा–३ र मालिकाको दिच्याममा बाम लोकतान्त्रिक गठबन्धनको घरदैलो

Add Samajik bikash office

बेनी। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धन गरेका नेपाली काँग्रेस र नेकपा माओवादीका साझा उम्मेदवारहरुले सोमबार रघुगंगा गाउँपालिका–३ र मालिका गाउँपालिकाको दिच्यामका सोमबार घरदैलो गरेका छन् ।

गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नेपाली काँग्रेसका खमबहादुर गर्वुजा (खमविर) र प्रदेश सभा सदस्य पदका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का हरि भण्डारीको टोलीले रघुगंगा – ३ को दुलेपानी, मालिका, अक्षेता, कलेजाबाङ, फुलवारी र मौवाफाँटमा घरदैलो मार्फत मतदाता भेटघाट गर्नुभएको हो । मतदातासंगको छलफलको क्रममा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार गर्वुजाले म्याग्दीको बिकासलाई गति दिन र विकास मार्फत आम नागरिकको जिवनस्तरमा परिवर्तन ल्याउन बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई बिजयी गराउन आह्वान गर्नुभयो ।

‘‘नयाँ संविधानको रक्षा र केपी ओली नेतृत्वको सरकारले गरेका गलत कार्यहरुलाई रोक्न प्रमुख राजनीतिक दलहरु गठबन्धन गरेर निर्वाचनमा होमिनुपरेको हो, संविधान र प्राप्त उपलब्धीहरुको रक्षा गर्दै समृद्ध मुलुक निर्माणमा गठबन्धनका उम्मेदवारहरुलाई बिजयी गराउन आह्वान गर्दछु,’’–उहाँले भन्नुभयो ।

Shreekrishna hardwear in news

म्याग्दीबाट निरन्तर रुपमा नेकपा एमालेले नेतृत्व गरिरहँदा छिमेकी जिल्लाहरुको तुलनामा म्याग्दीका विकास नगन्य रहेको बताउँदै उहाँले आगामी प्रदेश र संघीय सरकार समेत गठबन्धनकै बन्ने भएकाले यस पटक गठबन्धनका उम्मेदवारलाई बिजयी गराउनुपर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा प्रदेशसभा सदस्य पदका उम्मेदवार भण्डारीले परिवर्तित अवस्था र चुनौतिपूर्ण विकासको गतिलाई अघि बढाउन गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्नुपर्ने बताउनुभयो । उहाँले प्रदेशसभामा जनताको पक्षमा नीति निर्माणसंगै जिल्लामा विकास योजना भित्र्याउन आफुले हस्तक्षपकारी भूमिका खेल्ने बताउँदै निर्बाचनमा बाम लोकतान्त्रिक गठबन्धनलाई मतदान गर्न अपिल गर्नुभयो ।

Bhautik ministry notice about road

‘‘भौतिक पूर्वाधारको विकास संगै शिक्षा, स्वास्थ्य, खानेपानी, यातायातको अवस्थामा सुधार र परिवर्तन ल्याउँदै आम नागरिकको दैनिकिमा सकरात्मक प्रभाब ल्याउनु हाम्रो प्रमुख उदेश्य हो, युवाहरुलाई स्वदेशमै आत्मनिर्भर बनेर स्वरोजगार बनाउने कार्यमा मेरो विषेश भुमिका रहन्छ’’–भण्डारीले भन्नुभयो ।

उम्मेदवारहरुको टोलीले स्थानीयबासीको समस्या, गुनासा र सुझाबहरु समेत संकलन गर्नुभएको थियो । टोलीमा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि शिब केसी, जिल्ला सदस्य सम्झना परियार, वडा कमिटी सभापति अशोक शाही, नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश कमिटी सदस्य रिम कटुवाल, चिना हमाल, अनेरास्ववियू क्रान्तिकारीका केन्द्रिय सदस्य रेशम कटुवाल, नेविसंघ जिल्ला सभापति निर्मल खत्री लगायतको सहभागीता रहेको थियो ।

यसैगरी प्रदेशसभा क्षेत्र (ख) मा गठबन्धनबाट उमेद्वार बन्नुभएका माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जाली, काँग्रेसका क्षेत्र (ख) सभापति टंकप्रसाद पुन, नेकपा एकिकृत समाजवादीका युवा नेता अनुप गौचनको टोलीले मालिका गाउँपालिका–६ दिच्याममा घरदैलो र कार्यकर्ता भेटघाट गरेका छन् ।

उमेद्वार जुग्जालीले पश्चिम समग्र म्याग्दी जिल्ला, प्रदेशसभा क्षेत्र (ख) र गण्डकी प्रदेशसभा तथा सरकारसँग पुलको काम गर्ने, प्रदेश तहबाट म्याग्दी जिल्लाको सर्वाङ्गीण विकासका लागि बजेट, योजना र कार्यक्रम भित्र्याएर कार्यान्यन गराउने तथा यहाँका जनताको समस्या र आवश्यकतालाई सम्बोधन गर्ने कानुन निर्माण, यहाँहरुको दुखमा सेवक र सुखमा साथी बनेर साझा जनप्रतिनिधीको अनुभुति दिलाउने प्रतिवद्धता जनाउनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...