म्याग्दीका ८६३ जना अस्थायी मतदाताका लागि कारागारमा मतदान केन्द्र

Gandaki Pardesh notice

बेनी, आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६३ जना अस्थायी मतदाता कायम भएका छन् ।

जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जिल्ला स्थित विभिन्न कार्यालय, ब्यारेक, कारागार, वृद्धाश्रम लगायतका विभिन्न संघ संस्थामा रहेका अस्थायी मतदाताहरुको नामावली सोमबार सार्वजनिक गरेको हो ।

Bhautik ministry notice about road

दाबी बिरोध लगायतका प्रक्रिया पुरा गरी कायम भएका मतदाताहरुले प्रतिनिधीसभाको समानुपातिकमा मात्र मतदात गर्न पाउने जिल्ला निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले जानकारी दिनुभयो । अस्थायी मतदाताहरुका लागि बेनी नगरपालिका–२ खबरामा रहेको जिल्ला कारागार शाखामा मतदान केन्द्र कायम गरिएको पनि उहाँले बताउनुभयो ।

Shreekrishna hardwear in news

६ वटा स्थानीय तह रहेको म्याग्दीमा स्थायी मतदाताका ८२ वटा मतदान स्थल र ११९ वटा मतदान केन्द्र कायम गरिएको छ । प्रतिनिधिसभामा १ र प्रदेशसभामा २ वटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा १९ जना उमेद्वार छन् ।

बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकालाई समेटेको ४९ मतदान स्थलमा ६८ वटा केन्द्र रहेको प्रदेशसभा क्षेत्र (क) मा ४८ हजार ४७२, मंगला, मालिका र धवलागिरी गाउँपालिका समावेश ३३ स्थलमा ५१ केन्द्र रहेको प्रदेशसभा क्षेत्र (ख) मा ३७ हजार ६४८ जना मतदाता छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...