चन्दा र चामल बाड्ने एमाले उमेद्वारलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले २४ घण्टे स्पष्टिकरण सोध्यो

Gandaki Pardesh notice

बेनी । म्याग्दीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले आचार संहिता उल्लङ्घन गर्ने दुई जना उमेद्वारलाई स्पष्टिकरण सोधेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय अन्तरगतको आचार संहिता अनुगमन समितिले नेकपा एमालेका प्रतिनिधिसभा सदस्यका उमेद्वार हरिकृष्ण श्रेष्ठ र प्रदेशसभा क्षेत्र (ख)का उमेद्वार यामबहादुर गर्बुजालाई सोमबार स्पष्टिकरण सोधेको हो ।

अनुगमन अधिकृत रामभक्त रानाभाटले मतदाता प्रभावित बनाउन युवा क्लवलाई चन्दा र सर्वसाधारणलाई चामल वितरण गरेको उजुरी परेपछि श्रेष्ठ र गर्बुजालाई २४ घण्टाभित्र स्पष्टिकरण पेश गर्न पत्र पठाएको जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

श्रेष्ठ र गर्बुजा विरुद्ध नेपाली काँग्रेस म्याग्दीका उपसभापति समेत रहेका कर्णबहादुर भण्डारी (केवी)ले आइतबार चन्दा दिएको रसिदको फोटोकपी र चामल वितरण गरेको भिडियो तथा अडियो लगायत प्रमाण सहित उजुरी दिनुभएको थियो ।

निर्वाचन आचार संहिता लागु भइसकेपछि श्रेष्ठले युवा क्लवलाई रु. १० हजार चन्दा दिएको रसिदको फोटोकपी सहित उजुरी परेको छ । यसैगरी श्रेष्ठ र गर्बुजाले मतदातालाई प्रभावित बनाउन मालिका गाउँपालिका–३ इग्रे, लामखोरीया र श्यामगराका बासिन्दालाई चामल वितरण गरेको उजुरीमा उल्लेख छ ।

चामल वितरण गरेको विषयमा सञ्चार माध्यमहरुमा समाचार समेत सार्वजनिक भएको थियो । पहिलो पटक आचार संहिता उल्लङ्घनको उजुरी परेपछि अनुगमन समितिको बैठक बसेर चन्दा र चामल वितरण गरेको हो होइन ?, के कारणले वितरण गरिएको हो भन्ने विषयमा लिखित स्पष्टिकरण पेश गर्न पत्राचार गरिएको अनुगमन अधिकृत रानाभाटले बताउनुभयो ।

निर्वाचन आयोगले सार्वजनिक गरेको आचारसंहितामा मतदातालाई प्रभावित बनाउन नगद, जिन्सी लगायत कुनै पनि बस्तु वितरण गर्न पाइदैन् । मतदाता प्रभावित बनाउन खोज्ने उमेद्वार र दललाई निर्वाचन आयोगले स्पष्टिकरण सोध्ने देखि उमेद्वारी खारेज गर्ने सम्मको कारबाही व्यवस्था छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...