खबरा, देविस्थान र ओखरबोटमा गठबन्धनको घरदैलो

Shreekrishna hardware

बेनी । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सहित पाँचदलीय गठबन्धनले आफ्ना उम्मेदवारलाई जिताउन चुनावी प्रचारलाई तिब्र बनाएका छन् ।

जिल्लाका सबै स्थानीय तहका गाउँ बस्तीमा पुग्ने र मतदातासँग समस्या र आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्ने उम्मेदवारले प्रतिबद्धता जनाएका छन् । आइतबार गठबन्धनका उम्मेदवार नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजाले म्याग्देली जनतालाई परिणाम देखिने गरी पाँचबर्षसम्म काम बताउँदै गठबन्धनका साझा उम्मेदवारलाई मतदान गर्न अपिल गर्नुभएको थियो ।

उहाँले घरदैलो अभियानमा जनताका गुनासा सुन्न मात्रै होइन्, प्रतिवद्धता सुनाउन पनि प्रत्येक टोल बस्ती र घरमा पुग्ने बताउनुभयो । अब नेपाली कांग्रेसको सरकार बनेपछि ६५ वर्षमै वृद्ध भत्ता, ३ वर्ष मुनि र ७३ वर्षमाथिका नागरिकलाई निःशुल्क उपचार, विपन्नलाई १० हजार किरिया खर्च, ५० युनिटसम्म विद्युत निःशुल्क जस्ता सुविधा दिने समेत गर्बुजाको भनाई थियो ।

Shreekrishna
म्याग्दी बहुमुखी क्याम्पसको सूचना

घरदैलो तथा भेटघाट कार्यक्रम अन्तरगत बेनपा–२, खवरामा आयोजित कार्यक्रममा प्रदेश निर्वाचन क्षेत्र (क) का उम्मेदवार हरि भण्डारीले पाँचबर्ष भित्र गठबन्धनका उम्मेदवारले लोभलाग्दो विकास गर्ने बताउनुभयो । उहाँले अहिले र पाँचबर्षपछिको प्रदेशसभा भित्रका विकास निर्माणको तुलना गर्ने अवस्था बनाउने समेत प्रतिबद्धता जनाउनुभयो ।

यसैबीच प्रदेश निर्वाचन क्षेत्र (ख) का उम्मेदवार नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक सुविन जुग्जालीले पश्चिम म्याग्दीमा जनताको आवश्यकता अनुसारको विकास निर्माणले प्राथमिकता नपाएको बताउनुभयो । ‘विकास निर्माणको क्षेत्रका धेरै पछाडी रहेका बस्तीहरुलाई अव विकासको लहर ल्याउने छौ,’ उहाँले भन्नुभयो ‘झुटा आश्वासनले अहिलेसम्म विकास हुन सकेको छैन, अव विकासका लागि साझा उम्मेदवारलाई जिताउनुहोला ।’ जिल्लाभर गठबन्धनको अवस्था बलियो देखिएकाले इमान्दार मत हाल्दा कसैको प्रलोभनले विजय रोक्न नसक्ने निर्वाचन परिचालन टोलीको भनाई छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...