मौवाफाँटमा कांग्रेस–माओवादीको संयुक्त भेला

Add Samajik bikash office

बेनी । रघुगंगा गाउँपालिका–३ राखु मौवाफाँटमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले वडास्तरको सयुक्त भेला सम्पन्न गरेको छ । आगामी मंसिर–४ मा हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा गठवन्धनका उम्मेदवारहरुलाई जिताउन आईतबार मौवाफाँटमा वडास्तरका नेता तथा कार्यकताको सयुक्त भेला गरिएको हो ।

नेपाली कांग्रेसका जिल्ला सभापति एवम् प्रतिनिधि सभाका उम्मेदवार खमविर गुर्वजा र माओवादी केन्द्रका रघुगंगा गाउँपालिका कमिटी अध्यक्ष एवम् प्रदेश क्षेत्र क का उम्मेदवार हरि भण्डारीलाई विजयी गराउन वडा भेलाले सयुक्त रुपको मुलप्रचार समिति गठन गरेको छ।
वाम लोकतान्त्रिक गठवन्धन चुनाव प्रचार प्रसार समितिको संयोजकमा नेपाली कांग्रेसका वडा समितिका सभापति अशोक शाही र सह–संयोजक नेकपा माओवादी केन्द्रका वडा कमिटी अध्यक्ष नारायण सुवेदी रहनुभएको छ ।

Bhautik ministry notice about road

वाम लोकतान्त्रीक गठवन्धनको युवा प्रचार समितिको संयोजकमा दिनेश चन्द र शुशिल भण्डारी र सह–संयोजकमा जगत विक र विवेक शाही रहेको नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य रेशम केसीले जानकारी दिनुभएको छ ।

Shreekrishna hardwear in news

कार्यक्रममा कांग्रेसका महाधिवेशन प्रतिनिधि शिव केसी, कांग्रेसका क्षेत्र क का उपसभापति भवबहादुर भण्डारी र नेकपा माओवादी केन्द्रका रघुगंगा गाउँपालिकाका इन्चार्ज रिम बहादुर कटुवाल लगायतले आगामी चुनावमा गठवन्धनका उम्मेदवारलाई जिताउन वडास्तरका नेता तथा कार्यकर्ताको भूमिकाबारे आ–आफ्नो धारणा र सुझाव राख्नुभएको थियो । उहाँहरुले जनताको संविधान र लोकतन्त्रको रक्षा लागि गठवन्धनलाई जिताउन पार्टीबाट पाएको जिम्मेवारीलाई पुरा गर्न कार्यकर्तालाई निर्देशन गर्नुभएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...