गठबन्धनका उमेद्वारको घरदैलो तिब्र

Shreekrishna hardware

बेनी, । पाँच दलीय गठबन्धनको तर्फबाट म्याग्दीमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका उमेद्वारहरुको टोलीले टोल भेला र घरदैलो अभियानलाई तिब्रता दिएका छन् । शनिबार बेनी नगरपालिका र मालिका गाउँपालिकाको विभिन्न ठाउँमा घरदैला तथा कार्यकर्ता भेटघाट गरेका छन् ।

मंसिर ४ गतेको चुनावका लागि गठबन्धनबाट उमेद्वार बन्नुभएका नेपाली काँग्रेसका खमबहादुर गर्बुजा (खम्बिर), प्रदेशसभा क्षेत्र (क)मा माओवादीका हरीबहादुर भण्डारीको टोलीले बेनी नगरपालिका–१ अर्जम र ६ वडाको छाप, बास्बोट, एकपाते लगायतका बस्तीमा घरदैलो गरेर भोट माग्नुभएको छ ।

घरदैलोमा पुगेर उम्मेदवारले कांग्रेसले जारी गरेको घोषणापत्रले अबको समस्या समाधान गर्ने भन्दै विपन्नको उपचार, बृद्धभत्ता बढाउने, शिक्षा, स्वास्थ्य, कृयाखर्च सहितका सुविधा दिने प्रतिनिधिसभाका सदस्य उम्मेदवार गर्बुजाले बताउनुभयो । ‘पाँचबर्षभित्र हामीले तपाईका धेरै समस्या समाधान गर्नेछौ,‘एकपटक जिल्लाको सेवा गर्ने अवसर दिनुहोला’ गर्बुजाले भन्नुभयो ।

Shreekrishna
Ban devision notice

उहाँले जनताको प्रतिनिधिको हिसावले जिल्लाभरको विकासमा समानुपातिक बजेट तथा आवश्यक क्षेत्रलाई उच्च प्राथमिकतामा राख्ने बताउनुभयो । त्यस्तै प्रदेशसभा क्षेत्र (क) मा गठबन्धनबाट उमेद्वार नेकपा माओवादी केन्द्रका यूवा नेता भण्डारीले जनताका समस्याको समाधान सहितको समृद्ध म्याग्दी बनाउने अभियानमा साथ दिन मतदानबाट सहयोग गर्न अपिल गर्नुभएको छ ।

त्यस्तै प्रदेशसभा क्षेत्र (ख) मा गठबन्धनबाट उमेद्वार बन्नुभएका नेकपा माओवादी केन्द्रका रेशम जुग्जालीको टोलीले मालिका गाउँपालिका–१ निस्कोट र वडा नं ५ देविस्थानमा कार्यकर्ता र मतदाता भेटघाट गर्नुभएको छ । उहाँले मतदातालाई आर्थिक र केही साम्रागी वितरण गरी प्रलोभनमा पार्ने प्रयास भइरहेको बताउँदै पश्चिम म्याग्दीको विकासका लागि गठबन्धनका उम्मेदवारलाई विजय गराउनुपर्ने बताउनुभयो ।

उहाँले मतदाता प्रभावित बनाउने प्रयासलाई स्थानीय मतदाताले नै अस्वीकार गर्नुपर्नेमा जोड दिनुभयो । क्षेत्र खमा जुग्जाली सहित नेपाली काँग्रेसका प्रदेश क्षेत्र सभापति टंकप्रसाद पुन, नेकपा एकिकृत समाजवादीका युवा नेता अनुप गौचन सहितको टोलीले गठबन्धनमा विश्वास कायम गरी आगामी चुनावमा जित निकाल्ने गरी तयारीमा लाग्न कार्यकर्ताहरुसँग छलफल गर्नुभएको थियो । गठबन्धनले निर्वाचनको आचारसंहितमा रहेर चुनावी प्रचारप्रसार गरिरहेको बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...