‘पुन जाति र भाषा’ पुस्तक पोखरामा लोकापर्ण

Add Samajik bikash office

पोखरा। पुन समाज नेपाल केन्द्रीय समितिले पुन जातिको भाषा,धर्म र संस्कृतिको सरक्षण गर्ने उद्धेश्यले पुन जाति र भाषा पुस्तक प्रकाशनमा ल्याएको छ । सो पुस्तकको आज एक कार्यक्रमकाबीच पोखरामा नेपाल प्रज्ञा प्रतिष्ठानका निमित्त कुलपति संस्कृतिविद् प्राडा जगमान गुरुङले लोकापर्ण गर्नुभयो ।

Bhautik ministry notice about road

सो पुस्तकको संस्कृतिविद् डा तुलसी प्रभास खनालले गर्नुभएको छ । पुस्तकमा पुन जातिका संस्कार, संस्कृति, गीत सङ्गित, पुन जातिको लिखित र अलिखित इतिहास, पौराणिक किवंदन्ती र कथाहरु र पुन जातिमा बोलिने शव्दावलीहरु समावेश छन् । पुन जातिको भाषा, धर्म, संस्कार, संस्कृति, भेषभुषा, भुगोल, इतिहास आदिको प्रमाणिकरण तथा संरक्षण सम्बर्धन गर्ने उद्देश्यले पुस्तक प्रकाशन गरिएको पुन समाज नेपालका विदेश विभाग प्रमुख चामबहादुर पुनले जानकारी दिनुभयो । कार्यक्रममा प्रमुख अतिथि निमित्त कुलपति गुरुङले सबै जाति तथा समुदायले आफ्नो भाषा, संस्कार र संस्कृतिको संरक्षण गर्नुपर्ने बताउनुभयो ।

उहाँले पुन जातिले आफ्नो इतिहास खोतल्दै छुट्टै पहिचान छ भन्ने देखाउनुपर्ने र सो भएमात्र आफ्नो हकदावी लाग्ने बताउनुभयो । पुन समाज नेपालका अध्यक्ष भीमबहादुर फगामी पुनले पुनहरु एउटा जाति रहेको र उनीहरुको भाषा, धर्म, संस्कार र संस्कृतिको राज्यले संरक्षण गर्नुपर्ने बताउनुभयो । उहाँले आफ्नो पहिचान नखोज्ने तर अरुको पहिचानमा रमाउने प्रवित्ति आत्मघाती हुने उल्लेख गर्नुभयो । कार्यक्रममा विभिन्न जाति तथा समाजका अध्यक्ष तथा प्रतिनिधिहरुले पुस्तक प्रकाशन भएकामा खुशी व्यक्त गर्दै आफ्नो संस्कार र संस्कृति संरक्षणमा सबै लाग्नुपर्ने बताउनुभएको थियो । पुन समाज नेपालका अध्यक्ष भीमबहादुर फगामी पुनको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गर्वुजा पुन र सञ्चालन महासचिव खिमन सेर्पुजा पुनले गर्नुभएको थियो । कार्यक्रममा पुनहरुको पौराणिक नृत्य सहित सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...