क्यान्सरबाट थलिएकी लालमायाको उपचारमा समस्या

Gandaki Pardesh notice

बेनी । घाँटीमा क्यान्सर भएर थलिएकी म्याग्दीको बेनी नगरपालिका–४ सिंगा माझगराकी लालमाया सार्कीको उपचारमा समस्या भएको छ ।

कमजोर आर्थिक अवस्था र विपन्नताका कारण रोग पहिचान भएपनि उपचार गर्न समस्या भएको हो । एक महिनाअघि घाँटीमा गेर्खा, गेर्खा देखिएपछि परिक्षण गराउँदा चिकित्सकले क्यान्सर भएको बताएका थिए ।

Bhautik ministry notice about road

चितवनको विपी कोइराला मेमेरियल क्यान्सर अस्पतालमा एक वटा किमो पनि चढाइएको छ । चिकित्सकले उपचार सम्भव हुने बताएपनि खर्चको जोहो गर्न नसक्दा किमो चढाउन र बाँकी प्रक्रीयाका लागि चितवन जान नसकेको किसानले बताउनुभयो ।

Shreekrishna hardwear in news

लालमायाका श्रीमान मानबहादुर गाउँमै मजदुरी गर्नुहुन्छ । ३८ वर्षीया लालमाया र मानबहादुरका ४ जना छोराछोरी छन् । “दिनभरी काम गरेर साँझ विहान हातमुख जोर्ने गर्दै आएको हो,” मानबहादुरले भन्नुभयो “लघुवित्तबाट ऋण लिएर दशै अघि किमो चढाएर आएको हो । अब अर्को किमो चढाउने बेला भयो । अस्पतालसम्म जाने पैसा पनि जुटाउन नसकेर तनाव भएको छ ।”

उनिहरुले प्रयोग गर्दै आएको जग्गा जमिन र घरको पनि लालपुर्जा छैन् । चिकित्सकसँग परामर्श गरेर लालमायाको उपचारका लागि आवश्यक पर्ने खर्च जुटाउन अभियान सञ्चालन गर्ने योजना बनाएको देवर अमर किसानले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...