बेनीमा फेन्सी पसलमा चोरी

Add Samajik bikash office

बेनी । म्याग्दीको बेनी नगरपालिका ८ क्याम्पसचोकको एक फेन्सी पसलबाट रु. पाँच लाख भन्दा बढी नगद चोरी भएको छ ।

रखाल शिवानी फेन्सी पसलको सटर फोडेर पाँच जनाको समुहले कात्तिक ९ गते राती चोरी गरेका हुन् । चोरीमा संलग्न पाँचै जना १८ वर्ष भन्दा कम उमेरका हुन् । उनिहरुलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

पसलका सञ्चालक रवी शर्माले तिहारको मौका छोपेर रातको समयमा सटर फुटाएर भित्र छिरी कन्तुरको ताला चावी फुटाएर चोरी गरेका बताउनुभयो । उहाँले चोरीमा संलग्न बालकका अभिभावकलाई समेत विपक्षी बनाएर शुक्रबार जिल्ला प्रहरी कार्यालयमा कारबाही र चोरी भएको नगद खोजी गरिदिन जाहेरी दिनुभएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

पर्वतको जलजला गाउँपालिका ४ लामाखेतमा भेटिएका किशोर तथा बालकहरुको साथबाट करिब ७० हजार बरामद भएको छ । बाँकी पैसा उनिहरुको साथमा नभेटिएकाले कसैले चोरीका लागि प्रयोग गरेको आशंका सहित परिवारलाई समेत निगरानीमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

चोरीमा संलग्न मध्य कोहीका बुवा, आमा छैनन् । आमा बुवा भएकाका पनि उनिहरुलाई राम्रो संरक्षण दिएका छैनन् । बेनीमा बेवारिसे बालक र किशोरहरु चोरीमा संलग्न भएका हुन् । उनिहरुले यसअघि पनि बेनीमा मोवाइल, नगद चोरी गरेका थिए ।

प्रहरी निरीक्षक राजन ढकालले १८ वर्ष भन्दा कम उमेरका भएका कारण नाम सार्वजनिक र मुद्दा चलाउन कानुनले नदिने भएकाले कसैले चोरीमा प्रयोग पनि गरेको हुन सक्ने भएकाले उनिहरुको अभिभावकलाई निगरानीमा राखेर उनिहरु पुगेको ठाउँ र भेटेका व्यक्तिहरुसँग अनुसन्धान भैरहेको बताउनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...