शिख्तानी चेलीबेटीले पोखरामा देउसीभैलो खेलेर करिब साढे २१ लाख जुटाए

Gandaki Ghumau

सुरेन गुरुङ
पोखरा, । शिख्तानी चेलीवेटीहरुले पोखरामा देउसीभैलो खेलेर करिब साढे २१ लाख जुटाएका छन् ।

शिख माइती भई बिवाह गरेर अन्यत्र पुगेका चेलीहरुले तिहार पर्वको अवसरमा पोखराको विभिन्न ठाउँमा देउसीभैलो खेलेर रु. २१ लाख ४६ हजार २६५ जुटाएका हुन् । समूहमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ५ मा पर्ने तल्लो शिख, उपल्लो शिख, फलाटे, स्वात र किन्दुमा जन्मिएका चेलीहरु आवद्ध छन् ।

पोखरामा उपचारका लागि जाने विपन्न माइती र छिमेकी गाउँका गरिव तथा आर्थिक अवस्था कमजोर भएकाहरुलाई सघाउन कोष बनाउने उद्देश्यले देउसीभैलो खेलेको शिख्तानी चेलिवेटी समुहकी अध्यक्ष शिव पाईजाले बताउनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

नदीपुरमा रु. दुई लाख ५८ हजार ६००, फुलवारीमा रु. तीन लाख २५ हजार ६०, चेतनशिल पुन समाज ढुङ्गेपाटनबाट रु. एक लाख ७२ हजार ६४५, गच्छेपानीमा रु. एक लाख ८८ हजार २८०, अर्चलबोटमा रु. दुई लाख पाँच हजार ८०५, रामबजारमा रु. सात लाख ५८ हजार ९३५ संकलन भएको छ । कोषाध्यक्ष टकदेवी फगामीले संकलित रकमलाई कोषमा राखेर ब्याजबाट सहयोग गरिने बताउनुभयो ।

माइती कुटुम्बहरुको बसोबास रहेको वस्तिमा मौलिक नृत्य सहितको देउसीभैलो खेलेका थिए । समूहका कलाकारहरुले देउसीभैलोमा जातीय पहिचान झल्कने भेषभुषामा सजिएर सालैजो जस्ता मौलिक गितमा नृत्य प्रस्तुत गरेका थिए ।

आफ्नो जन्मठाउँको सुख, दुखमा साथ दिन वि.स. २०७६ मा शिख्तानी चेलीवेटी समुह गठन भएको थियो । समस्यामा परेकाहरुलाई सदस्यहरुले चन्दा संकलन गरेर उपलब्ध गराउदै आएको सचिव कौशिला तिलिजाले बताउनुभयो । हालसम्म २८ जनालाई रु. ५ हजार देखि ३० हजार सम्म सहयोग गरेका छन् । धेरैजसो बिरामीहरुलाई सहयोग गरेका छन् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...