चुनावमा करिब एक हजार कर्मचारी परिचालन हुने

Gandaki Pardesh notice

बेनी, आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा करिब एक हजार जना कर्मचारी परिचालन हुने भएका छन् ।

मुख्य निर्वाचन अधिकृत, निर्वाचन कार्यालय देखि मतदान केन्द्रमा ९६९ जना कर्मचारी परिचालन गर्न लागिएको हो । जिल्ला निर्वाचन अधिकृत भिमप्रसाद घिमिरेले १२० मतदान अधिकृत, १२० सहायक मतदान अधिकृत, ५९३ सहायक कर्मचारी, १२० जना सहयोगी कर्मचारी मतदान केन्द्रमा खटाइने बताउनुभयो ।

उहाँका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ९ र जिल्ला निर्वाचन कार्यालयमा ७ जना कर्मचारी परिचालन हुनेछन् । मतदाता शिक्षाका लागि ४६१ जना स्वमसेवक परिचालन गरिने भएको छ । मतदातालाई मतदान गर्ने तरिका सिकाएर बदर मतको दर घटाउन स्वमसेवक परिचालन गर्न लागिएको हो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

चुनावमा खटिने सुरक्षाकर्मी बाहेकका कर्मचारीहरुको विवरण संकलन गरेर मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाएको निर्वाचन कार्यालयले जनाएको छ । संघीय, प्रदेश कार्यालय र स्थानीय तहबाट कर्मचारी, शिक्षक र स्वास्थ्यकर्मीलाई चुनावमा परिचालन गर्न लागिएको हो ।

प्रतिनिधीसभामा १ र प्रदेशसभामा २ वटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा निर्वाचित हुने तीन पदका लागि १९ जना उमेद्वार प्रतिस्पर्धामा छन् । ६ वटा स्थानीय तह रहेको म्याग्दीमा ८२ वटा मतदान स्थल र ११९ वटा मतदान केन्द्र छन् ।

बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकालाई समेटेको ४९ मतदान स्थलमा ६८ वटा केन्द्र रहेको प्रदेशसभा क्षेत्र (क) मा ४८ हजार ४७२, मंगला, मालिका र धवलागिरी गाउँपालिका समावेश ३३ स्थलमा ५१ केन्द्र रहेको प्रदेशसभा क्षेत्र (ख) मा ३७ हजार ६४८ जना मतदाता छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...