तिहारमा देउसीभैलोको रौनक

Gandaki Pardesh notice

बेनी, तीन वर्षपछि तिहारमा खेलिने देउसी भैलोको रौनक छाएको छ ।

कोरोना (भाइरस)को महामारीका कारण वि.स. २०७७ र २०७८ को तिहारमा देउसीभैलोको रौनक थिएन् । यसपाली बजारदेखि गाउँसम्म बालबालिका र पाका उमेर समूहका मानिसहरु समूह बनाएर देउसीभैलो खेलेर रमाईलो गरेका छन् । यसअघिका दुई वर्ष तिहारमा सुनसान थियो । परिवारका सिमित व्यक्तिहरु मात्र भेला भएर भाइटिका लगाएका थिए । देउसीभैलो खेलेका थिएनन् । यसपाली विद्यालय, संघ संस्था, क्लव र युवा युवतिहरुले समूह बनाएर देउसीभैलो खेलेका छन् ।

परम्परागत समाजमा मनोरञ्जनका लागि खेलिने देउसी भैलोवाट सामाजिक कामका लागि आर्थिक स्रोत जुटाउने प्रभावकारी माध्यम बनेको छ । देउसीभैलोको गित संगितले गाउँ सहर गुञ्जायस बनेको छ । परम्परागत देखि आधुनिक कला संस्कृतीलाई समावेश गरेर देउसी भैलो खेलीएको छ । थाली, कौरा, सिरफुले, सालैजो जस्ता मौलीक गित तथा नृत्य समावेश गरेर देउसी भैलो खेलेका छन् ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

देउसी भैलोमा पछिल्लो समय आनुनिकीकरणको प्रभाव बढेको पाइएको छ । विशेष गरी युवायुवतीहरुको देउसी भैलोमा मौलिकपन हराउँदै जाँदा देउसी भैलोको मर्म नै मेटिने खतरा बढेको बुढापाकाको चिन्ता छ ।

देउसी भैलोमा आधुनिकीकरणको प्रभाव बढ्नु स्वाभाविक रहेपनि देउसी भैलोको खास महत्व र मर्मलाई भने हराउन दिन नहुने बताइन्छ । तिहारको समयमा बालबालिकादेखि किशोरकिशोरी, युवायुवतीहरु सामूहिक रुपमा देउसी भैलो गाउँदै नाच्दै आशिष दिने र घरधनीले दिने दान रकम लिने चलन छ ।

धार्मिक ग्रन्थहरुका अनुसार भगवान् विष्णुबाट यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने बरदान पाएका बलिराजाले ‘भलो होस’ भनी घरघरमा गाउन लगाएको सम्झनामा देउसी भैलो खेल्ने चलनको सुरुवात भएको विश्वास गरिन्छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...