धवलागिरी गाउँपालिका समाजको काठमाडौमा देउसीभैलो

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, काठमाडौमा बसोबास गर्ने धवलागिरी गाउँपालिकावासीहरुले अक्षयकोष स्थापनाका लागि देउसीभैलो खेलेर करिब रु. १२ लाख जुटाएका छन् ।

धवलागिरी गाउँपालिका समाजले रु. एक करोडको अक्षयकोष स्थापना गर्ने लक्ष्य सहित तिहार पर्वको अवसरमा काठमाडौमा देउसीभैलो खेलेको हो । समाजका अध्यक्ष लिलबहादुर पुनले काठमाडौमा सोमबार भएको देउसीभैलो तथा सम्मान कार्यक्रममा रु. ११ लाख ६५ हजार ३७५ संकलन भएको जानकारी दिनुभयो ।

“काठमाडौमा बसोबास गर्ने धवलागिरी गाउँपालिकाको ७ वटै वडाका वासिन्दा समाजमा आवद्ध भएका छौ,” उहाँले भन्नुभयो “पालिकाको सामाजिक क्षेत्रमा योगदान गर्ने उद्देश्यले अक्षयकोष बनाउन लागेका हौ ।”

Shreekrishna

काठमाडौमा धवलागिरी गाउँपालिकाका २५० घरधुरी रहेकोमा देउसीभैलो कार्यक्रममा १२९ घरधुरीका प्रतिनिधीको उपस्थिति थियो । जेष्ठ नागरिक नरबहादुर थापा र प्रा.डा. लोकेन्द्र शेरचनले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

लोकगायक खड्ग गर्बुजा, कृष्ण कडेल, निता पुन लगायत कलाकारको उपस्थितिमा कार्यक्रम गरिएको थियो । पेशा, व्यवसाय र रोजगारीको शिलशिलामा हाल काठमाडौमा बसोवास गर्दै आएकाहरुले वि.स. २०७७ मा संस्था स्थापना गरेका थिए ।

कोषबाट आर्जित व्याजबाट धार्मिक, सामाजिक, सांस्कृतिक संरक्षण तथा सम्वर्धन र प्रतिभा प्रोत्साहनमा टेवा पुग्ने मनोरञ्जनात्मक कार्यक्रमहरु गरी संस्थामा आवद्ध सदस्यहरु तथा धवलागिरीमा जन्म भई विभिन्न समस्याहरुमा परेका र आर्थिकरुपले कमजोर व्यक्तिहरुलाई सहयोग गर्ने समाजले जनाएको छ ।

स्वास्थ्य उपचार तथा प्राकृतिक विपत्ति कोषमा रु. पचास लाख, जेष्ठ नागरिक संरक्षण कोषमा २५ लाख र कला, संस्कृति सम्पदा संरक्षण, सम्वर्धन तथा प्रतिभा प्रोत्साहन कोषमा रु. २५ लाख राखिने संस्थाका सचिव यामलाल सुवेदीले बताउनुभयो । जेष्ठ नागरिक संरक्षण कोषबाट काठमाडौमा बस्ने धवलागिरीका जेष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य परिक्षण सेवा दिने योजना बनाएको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...