एमाले उम्मेदवार मतदाता भेटघाट र घरदैलो अभियानमा

Shreekrishna hardware

बेनी,। नेकपा एमाले जिल्ला कमिटी म्याग्दीको आयोजनामा सञ्चालित चुनावलक्षित मतदाता भेटघाट र घरदैलो अभियान जारीरहेको छ । यसैक्रममा आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरेर आज (सोमबार) अन्नपूर्ण गाउँपलिका–५ र ६ नम्बर वडाको विभिन्न टोल, वस्तीमा कार्यक्रम गरिएको हो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना
अन्नपूर्ण–५, शिख, चित्रे, घराम्दी, ६ नम्बर वडा घोरेपानी र खिबाङमा मतदाता भेटघाट तथा घरदैलो अभियान गरिएको एमाले म्याग्दीले जनाएको छ । कार्यक्रममा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका उम्मेदवारसहित एमालेको निर्वाचन परिचालन टोलीले घरदैलो र मतदाता भेटघाट गरेको थियो । घरदैलो अभियानमा एमाले केन्द्रीय सदस्य भूपेन्द्रबहादुर थापाले मतदातालाई भेटेर समृद्धि र विकासका लागि एमालेलाई भोट दिएर जिताउनुपर्ने बताउनुभयो । 

एमाले म्याग्दीबाट प्रतिनिधिसभाका उम्मेदवार गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठले समग्र जिल्लाको विकासका लागि आफू उम्मेदवार बनेको बताउँदै एमालेको पक्षमा मतदान गर्न मतदातासमक्ष अपिल गर्नुभएको छ । प्रदेशसभा (क)का उम्मेदवार एमाले जिल्ला अध्यक्ष देवेन्द्रबहादुर कटुवाल क्षत्रीले जिल्लाको विकासमा विभिन्न योजनासहित बजेट परिचालनका लागि एमाले उम्मेदवारलाई सुर्य चिह्नमा मतदान गरी जिताउनुपर्ने बताउनुभयो । 

उक्त मतदाता भेटघाट तथा घरदैलो अभियान कार्यक्रममा एमाले अन्नपूर्ण गाउँपालिका कमिटीका अध्यक्ष धनबहादुर पूर्जासहितको स्थानीय नेता, कार्यकर्ताहरुको टोली सहभागी रहेको थियो । यसैगरी प्रदेश सभा (ख)मा पनि एमाले उम्मेदवारसहितको एक टोलीले आजै मालिका गाउँपालिका–३, नम्बर वडा र धवलागिरि–७, सिबाङ, मच्छिम तथा मुनाको दर गाउँमा पुगेर मतदाता भेटघाट तथा घरदैलो अभियान गरेको जनाएको छ । मतदातालाई भेटेर एमाले उम्मेदवार यामबहादुर गर्बुजाले आफू र एमालेको पक्षमा मतदान गर्न आग्रह गर्नुभयो । 

घरदैलो अभियान तथा मतदाता भेटघाट कार्यक्रममा एमाले गण्डकी प्रदेश कमिटी सदस्य पुस्कर विक, एमाले म्याग्दीका सचिवालय सदस्य एवं प्रदेशसभा (ख) निर्वाचन परिचालन कमिटीका संयोजक खरमाया बिटालु, जिल्ला सदस्य प्रगति कार्की, मंगला गाउँपालिका कमिटी अध्यक्ष सतप्रसाद रोका, मालिका गाउँपालिका कमिटी अध्यक्ष बेगप्रसाद गर्बुजा, अनेमसंघ जिल्ला अध्यक्ष यशुदा रोकासहित स्थानीय नेता, कार्यकताहरु सहभागिता रहेको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...