म्याग्दीमा ‘गढ’ जोगाउने र भत्काउने चुनौति

Gandaki Pardesh notice


बेनी, । म्याग्दीमा सत्तारुढ दलको गठबन्धन र नेकपा एमालेका उमेद्वार मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा मुख्य प्रतिस्पर्धीको रुपमा देखिएको छ । एमालेलाई आफ्नो प्रभाव क्षेत्र ‘गढ’ जोगाउने र गठबन्धनलाई भत्काउने चुनौति छ ।

प्रतिनिधीसभामा एक र प्रदेशसभामा दुई क्षेत्र रहेको म्याग्दीमा तीन पदका लागि १९ जना चुनावी मैदानमा छन् । प्रतिनिधिसभामा ३ जना स्वतन्त्र सहित ९ जना, प्रदेशसभा क्षेत्र (क) र (ख) मा पाँच÷पाँच जना उमेद्वार छन् ।

वि.स. २०५६ मा काँग्रेस, २०६४ मा माओवादी, २०७० र २०७४ मा एमालेले म्याग्दीमा प्रतिनिधीसभा सदस्य निर्वाचन जितेका छन् । प्रजातन्त्र पुनस्थापनापछि २०५६ अघिको संसदीय चुनाव पनि एमालेले जितेका थिए ।

Shreekrishna hardwear in news

२०७४ मा एक वटा प्रदेशसभा माओवादी र एक वटा एमालेले जितेका थिए । पाँच वर्षअघिको संसदीय चुनावमा एमाले–माओवादी र काँग्रेस–राप्रपाले तालमेल गरेका थिए । एमाले विरासत जोगाउने र अन्य दल गठबन्धनको बलमा जित निकाल्ने रणनीतिमा छन् ।

गत स्थानीय तह निर्वाचनमा एमालेले ४ वटा पालिका प्रमुख, तीन उपप्रमुख, २२ वडा, काँग्रेसले दुई अध्यक्ष, एक उपाध्यक्ष, १७ वडा, माओवादीले दुई उपप्रमुख र ६ वटा वडा जितेका थिए । स्थानीय चुनावमा एमालेका वडा अध्यक्षका उमेद्वारले २३ हजार ९०, काँग्रेसले १९ हजार ८७० र माओवादीले ८५९२ मत ल्याएका थिए ।

प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका हरिकृष्ण श्रेष्ठ र गठबन्धनबाट नेपाली काँग्रेसका खमबहादुर गर्बुजा (खम्बिर) उमेद्वार हुनुहुन्छ । नेपाली काँग्रेसका जिल्ला सभापति गर्वुजा तेस्रो पटक चुनावी मैदानमा उत्रिनुभएको हो । यसअघि दुई चुनाव हारेका गर्बुजालाई यसपाली सत्तारुढ दल नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको साथ छ ।

गठबन्धनसँग एकल प्रतिस्पर्धा गर्न एमालेले प्रतिनिधीसभा सदस्यका लागि दुई कार्यकाल जिल्ला अध्यक्ष भएका प्रदेश कमिटिका सचिवालय सदस्य श्रेष्ठको नाम एकल सिफारिस गरेको थियो । “जिल्ला कमिटिले प्रतिनिधीसभा सदस्यका लागि सर्वसम्मत एकल नाम सिफारिस गरेकाले कार्यकर्तामा उत्साह छ,” श्रेष्ठ भन्नुहुन्छ “२०७४ मा दुई वटा मात्र स्थानीय तह जितेका थियौ । गत चुनावमा चार वटा पालिका जितेका छौ । यो पनि हाम्रो जितको आधार हो ।”

जिल्ला सदरमुकाम बेनी बजार अवस्थित तत्कालीन अर्थुङ्गे गाविसको एक कार्यकाल अध्यक्ष भएका श्रेष्ठले बेनी खानेपानी, रेडक्रस, म्याग्दी पुस्तकालय लगायत सामाजिक संघ संस्थाको पनि नेतृत्व गर्नुभएको थियो । सदरमुकाम बेनीका बासिन्दा श्रेष्ठ र रघुगंगा गाउँपालिका–४ दग्नामका गर्बुजाको उमेर समान ५७÷५७ वर्ष छ ।

नेपाली काँग्रेस म्याग्दीको दोस्रो कार्यकालका लागि बाहलवाला सभापति रहेका गर्बुजा बेलायती सेनाबाट सेवानिवृत भएपछि करिब २० वर्षदेखि राजनीतिमा सक्रीय हुनुहुन्छ । स्थानीय तह निर्वाचनमा गठबन्धनका दलहरु बेनी नगरपालिकाको प्रमुख–उपप्रमुख सहित पाँच वडामा र धवलागिरी गाउँपालिकाको सबै पदमा तालमेल गरेका थिए ।

जिल्लाव्यापी तालमेल नहुँदा स्थानीय तह चुनावमा अपेक्षाकृत नतिजा हाँसिल गर्न नसकेको ठहर गरेका नेपाली काँग्रेस, माओवादी र एकिकृत समाजवादी गठबन्धनको बलमा यसपाली नतिजा आफ्नो पक्षमा पार्ने रणनीतिमा छन् ।

“स्थानीय तहको चुनावमा गठबन्धनको मत एमालेको भन्दा धेरै छ । जिल्ला, पालिका र वडा तहसम्म संयुक्त चुनावी अभियानमा छौ,” गर्बुजाले भन्नुभयो “२०७४ को चुनावमा कम्प्युनिष्ट पार्टीहरुबीचको तालमेल भएको अवस्थामा म्याग्दीमा काँग्रेसले कडा प्रतिस्पर्धा गरेको हो । अहिले माओवादी, एकिकृत समाजवादी, जनमोर्चाको साथ छ । मतदाताको परिवर्तित मनोभावनाले पनि गठबन्धनलाई सहयोग पुग्छ ।”

Bhautik ministry notice about road

प्रतिनिधिसभामा राप्रपाका जगतप्रसाद गौचन, राष्ट्रिय स्वतन्त्र पार्टीका हरि केसी, मंगोल नेशनल अर्गनाइजेशनका ओमराज मगर, नेप्लिज पिपल्स पार्टीका बिष्णु घिमिरे खत्री, स्वतन्त्रबाट अन्नपूर्ण गाउँपालिका–६ का खीलबहादुर बरुवाल, बेनपा ७ का नविन जिसी र अन्नपूर्ण–६ का विनोद भट्टचन पनि उमेद्वार बन्नुभएको छ ।

प्रदेशसभा क्षेत्र (क)मा नेकपा एमालेका देबेन्द्रबहादुर केसी र गठबन्धनबाट नेकपा माओवादी केन्द्रका हरि भण्डारी रघुगंगा गाउँपालिका–२ भगवतिका बासिन्दा हुन् । नाताले केसी मामा र भण्डारी भान्जा पर्नुहुन्छ । भगवति प्रदेश (ख) मा धेरै मतदाता हुने वडा मध्यमा पर्दछ ।

एमालेका जिल्ला अध्यक्ष केसी यसअघि जिल्ला समन्वय समितिका प्रमुख र वि.स. २०५४ को चुनावबाट भगवति गाविसको अध्यक्ष बन्नुभएको थियो । केसीसँगको प्रतिस्पर्धामा गठबन्धनले ३७ वर्षीय युवा नेता भण्डारीलाई अगाडी सारेको छ ।

माओवादीको रघुगंगा गाउँपालिका अध्यक्ष रहेका भण्डारी वि.स. २०७४ को चुनावमा गाउँपालिका उपाध्यक्षको उमेद्वार बन्नुभएको थियो । विदेशबाट फर्किएपछि बेनीमा व्यवसाय गर्दै आएका भण्डारी जेसीज, म्याग्दी उद्योग वाणिज्य संघ लगायत सामाजिक संघ संस्थामा आवद्ध हुनुहुन्छ । प्रदेशसभा क्षेत्र क मा राप्रपाका प्रविन शाही, राप्रपा नेपालका दुध गिरी, मंगोल नेशनल अर्गनाइजेशनका दिपक पुन उमेद्वार हुनुहुन्छ ।

प्रदेशसभा क्षेत्र (ख)मा एमालेका यामबहादुर गर्बुजा र गठबन्धनबाट माओवादीका रेशम जुग्जाली (सुविन) मुख्य प्रतिस्पर्धी हुन् । धवलागिरी गाउँपालिका वडा नम्बर ६ मराङमा जन्मिएका एमालेका प्रदेश कमिटि सदस्य गर्बुजाको बसोबास हाल काठमाडौमा छ । उहाँ एमाले नेता थममाया थापा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री हुदाँ उहाँको सचिवालयमा बसेर काम गर्नुभएको थियो ।

गठबन्धनबाट माओवादीका उमेद्वार ३९ वर्षीय जुग्जाली सो पार्टिको म्याग्दी जिल्ला संयोजक हुनुहुन्छ । द्धन्दकालमा भूमिगत भएका जुग्जालीका दाजु जितबहादुर ‘जनयुद्ध’का सहिद हुन् । वि.स. २०७४ को स्थानीय तह चुनावमा स्वतन्त्र उमेद्वार बनेर मालिका गाउँपालिका ७ को वडा अध्यक्षमा निर्वाचित भएका जुग्जाली गत स्थानीय तह चुनावमा सोही पालिकाको अध्यक्षको उमेद्वार बन्नुभएको थियो ।

अहिलेको व्यवस्थाको सुत्रधार माओवादी भएको, गत चुनावमा एमाले र काँग्रेससँग प्रतिस्पर्धा गर्न सक्ने आधार खडा गरिएको जुग्जाली बताउनुहुन्छ । “गणतन्त्र, संघीयता, समावेशी, संविधान लगायत माओवादी आन्दोलनबाट स्थापित मुद्दा तथा पार्टीले गरेका काम तथा भावी योजना लिएर जनतामाझ छौ,” उहाँले भन्नुभयो “म्याग्दीको राजनीतिमा माओवादीको मत निर्णायक हो । स्थिरता, संविधानको रक्षा र सम्बृद्धीका लागि बनेको गठबन्धनलाई जिताउन म्याग्दीका लागि अहिले अवसर मिलेको छ ।”

प्रदेशसभा क्षेत्र ख मा राप्रपाकी मिठु थापा, मंगोल नेशनल अर्गनाइजेशनका डेकबहादुर पुन (डिके) र स्वतन्त्र देविन्द्र फगामी उमेद्वार हुनुहुन्छ । ६ वटा स्थानीय तह रहेको म्याग्दीमा ८२ वटा मतदान स्थल र ११९ वटा मतदान केन्द्र छन् । बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकालाई समेटेको ४९ मतदान स्थलमा ६८ वटा केन्द्र रहेको प्रदेशसभा क्षेत्र (क) मा ४८ हजार ४७२, मंगला, मालिका र धवलागिरी गाउँपालिका समावेश ३३ स्थलमा ५१ केन्द्र रहेको प्रदेशसभा क्षेत्र (ख) मा ३७ हजार ६४८ जना मतदाता छन् ।

राजनीतिक दलका नेता र उमेद्वारहरु ग्रामिण क्षेत्रमा पुगेर घरदैलो गरी मतदाता भेटघाट र कार्यकर्ता भेला तथा प्रशिक्षणमा जुटेका हुन् । निर्वाचन आचारसंहिताले सभा, माइकिङ मार्फत भड्कीलो प्रचारप्रसारमा कडाई गरेपछि प्रचार शैली फेरिएको छ ।

सभाको विकल्पमा घरदैलो गरेर मतदाता भेटघाट र कार्यकर्ता भेला गरि प्रशिक्षण तथा परिचालन मार्फत चुनाव प्रचार गर्न थालेका हुन् । निर्वाचन आयोगले कात्तिक १७ गतेपछि मात्र चुनावी सभा गर्न पाउने आचार संहिता बनाएको छ ।

पहिलो चरणमा मतदाता भेटघाटसँगै टोलटोलमा कार्यकर्ता भेला गरि प्रशिक्षण दिएर परिचालन गरेपछि चुनावी रौनक बढेको छ । सभाका क्रममा पुग्न नसकिने टोल तथा भौगोलिक रुपमा विकट क्षेत्रका बस्तीमा पहिलो चरणको घरदैलो गरेका हुन् । मतदाताका गुनासा, सुझाव र अपेक्षा सुन्ने, आफ्नो प्रतिवद्धता सुनाउने, कार्यकर्ता भेला गरेर मतदातालाई आकर्षित गर्ने रणनीति बनाउनमा केन्द्रित भएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...