धनवन्तरी दिवस मनाइयो

Gandaki Pardesh notice

बेनी, । वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम वैदिक चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरिको उत्पत्ति भएको सम्झनामा आइतबार बेनीमा धनवन्तरि दिवस मनाइएको छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा बेनीमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले आयुर्वेद स्वास्थ्य सेवा र औषधीको महत्वको प्रर्वद्धनमा जोड दिनुभयो ।

Bhautik ministry notice about road

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष जिवनबहादुर विश्वकर्माको अध्यक्षता, निमित्त प्रमुख दामोदर शर्माको सञ्चालन र वैद्य निरिक्षक प्रेमप्रसाद गौतमको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

Shreekrishna hardwear in news

आयुर्वेदिक चिकित्सा पद्धति संसारकै सबैभन्दा पुरानो चिकित्सा पद्धति हो । भगवान् धन्वन्तरिको मानवतालाई अनुपम देन हो, आयुर्वेद । आजकै दिन अर्थात् कार्तिक कृष्ण पक्षको त्रयोदशीको दिन समुन्द्र मन्थन गर्दा भगवान् धन्वन्तरि अमृत, शङ्ख, चक्र र जडीबुटीका साथ प्रकट हुनुभएको धार्मिक कथन छ ।

आयुर्वेद “आयु र वेद“गरी दुई शब्द मिलेर बनेको हो । आयुर्वेद भन्नाले ‘आयुको ज्ञान’ भनेर बुझिन्छ । आयुर्वेद चिकित्सासँग सम्बन्धित सबैले आजको दिनलाई विशेष महत्त्वका साथ मनाउने गर्दछन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...