सडकको क्षेत्राधिकारमा राखिएका सामग्री हटाउन बेनीका जनप्रतिनिधीको घरदैलो

Add Samajik bikash office

बेनी, । म्याग्दीको जिल्ला सदरमुकाम बेनी बजारको सडकलाई व्यवस्थित बनाउन नगरपालिकाले पहल गरेको छ ।

बेनी नगरपालिकाले वडा नम्बर ७ र ८ मा पर्ने बजार क्षेत्रमा सडकलाई व्यवस्थित बनाउन पहल गरेको हो । सडकको क्षेत्राधिकारबाट संरचना र सामग्री हटाउन अनुरोध गर्दै नगर प्रमुख सुरज केसी सहित वडा नम्बर ७ का अध्यक्ष रमेशकुमार श्रेष्ठ, ८ का अध्यक्ष उत्तमकुमार कर्माचार्य, ४ का अध्यक्ष अणबहादुर खड्का, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालको टोलीले शनिबार बेनी बजारमा घरदैलो गर्नुभएको थियो ।

Bhautik ministry notice about road

सडकपेटिमा राखिएका निर्माण र ब्यापारिक सामग्रीका कारण पैदलयात्रु तथा सवारी आवत जावतमा समस्या हुने गरेको छ । दुर्घटनाको जोखिम पनि बढाएकाले सडक र पेटिमा सामग्री नराख्न र बनाएका संरचना हटाउन अनुरोध गरिएको नगरप्रमुख केसीले बताउनुभयो ।

Shreekrishna hardwear in news

बेनीमा यातायात ब्यवस्थापनका लागि एकतर्फि यातायात सञ्चालन, एकतर्फी सवारी पार्किङ, कालीगण्डकी र म्याग्दी नदीको किनारै किनार वैकल्पिक सडक सञ्चालन, बहुउद्देश्यीय मैदानमा बसपार्क सञ्चालन गरिएको छ ।

साँघुरो सडकमा व्यापारीले सामान राख्ने र निर्माणाधिन घरका सामग्री थुपार्ने गर्दा आवत जावत र यातायात सञ्चालनमा असहज हुनुका साथै दुर्घटनाको जोखिम हुने गरेको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...