एमालेका उमेद्वार भोट माग्न पोखरा पुगे

Gandaki Pardesh notice

बेनी, । आगामी मंसिर ४ गते हुने चुनावका लागि प्रतिनिधि र प्रदेशसभा सदस्यमा नेकपा एमाले म्याग्दीका उमेद्वारहरु भोट माग्नका लागि शनिबार पोखरा पुगेका छन् ।

नेकपा एमाले चुनाव प्रचारप्रसार कमिटी पोखराको आयोजनामा पोखरामा बस्ने एमाले समर्थित नेता कार्यकर्ताहरुसँग भेटघाटका लागि प्रतिनिधिसभा सदस्यका उमेद्वार हरिकृष्ण श्रेष्ठ, प्रदेशसभा क्षेत्र (क) का देवेन्द्रबहादुर कटुवाल र क्षेत्र (ख) का यामबहादुर गर्बुजा पोखरा पुगेर मत माग्नुभएको हो ।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य भूपेन्द्रबहादुर थापाले परमादेशबाट बनेको अहिलेको गठबन्धन सरकारलाई जनादेशबाट विस्थापित गरी एमालेको नेतृत्वमा सरकार बनाउनुपर्ने बताउनुभयो । एमाले गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले एमालेले निर्वाचन जित्दा देश र जनताले जित्ने दावी गर्नुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार श्रेष्ठले म्याग्दी जिल्लामा एमाले र आफ्नो जित सुनिश्चित रहेको बताउँदै त्यसका लागि निर्वाचनमा केन्द्रीत भएर पार्टीको सबै तह र तप्काका नेता एवं कार्यकर्ताहरु खट्नुपर्नेमा जोड दिनुभयो ।

एमाले म्याग्दीका अध्यक्ष एवं प्रदेश सभा (क)का उम्मेदवार देवेन्द्रबहादुर कटुवाल क्षत्री र प्रदेश सभा (ख)का उम्मेदवार यामबहादुर गर्बुजाले एमाले नेतृत्वको सरकारले जनमुखी नीति, कार्यक्रम र बजेटमार्फत देशको परिवर्तनमा विशेष भूमिका खेलेको बताउँदै आफूहरुको उम्मेदवारी पनि जिल्लाको समग्र विकास गर्नका लागि रहेको बताउनुभयो ।

आसन्न निर्वाचनलाई लक्षित गरेर आयोजित कार्यक्रममा उम्मेदवार र मतदाता भेटघाट गर्नुका साथै विभिन्न विषयहरुमा अन्तत्र्रिmःया तथा छलफल गरिएको थियो । उक्त कार्यक्रममा म्याग्दीमा जन्मिएर पोखरालाई कर्मथलो बनाएका एमाले समर्थित, शुभेच्छुक लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम एमाले चुनाव प्रचारप्रसार कमिटी सल्लाहकार क्याप्टेन बलबहादुर पुनको अध्यक्षता, एमाले गण्डकी प्रदेश कमिटी सदस्य किरण सापकोटाको स्वागत र अनेरास्ववियु गण्डकी प्रदेश संयोजक प्रकाश पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...