रुममा पशु स्वास्थ्य शिविर

Gandaki Ghumau

बेनी । म्याग्दीको मालिका गाउँपालिका–२ रुममा शनिबार पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर सम्पन्न भएको छ ।

मालिका गाउँपालिकाको पशु सेवा शाखा र वडा कार्यालयसँगको समन्वयमा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले शिविर आयोजना गरेको हो ।

शिविरमा १२६ जना कृषकले सेवा लिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीका पशु सेवा प्राविधिक गणेश रिजालले जानकारी दिनुभयो । एक हजार ८८६ गोटा पशुपंक्षीको औषधी उपचार गरिएको छ ।

Shreekrishna
Gunasthariya Shiksya

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख जिवनप्रसाद आचार्य, मंगला गाउँपालिकाका पशु चिकित्सक मिलन सापकोटा, प्राबिधिक रिजाल लगायतको टोलीले सेवा दिएको शिवरिमा वडा अध्यक्ष उदय बुढाथोकी लगायत जन प्रतिनिधी र भेटेरीनरी अस्पतालका अधिकृत छैटौ रामकृष्ण शर्माको पनि उपस्थिति थियो ।

कृषकले शिविरमा ल्याएका पशुपंक्षीको स्वास्थ्य परिक्षणका साथै लक्षणको आधारमा औषधी वितरण गरिएको थियो । पशुपंक्षीको स्वास्थ्य परिक्षण, परामर्श र निशूल्क औषधी वितरण सम्बन्धी सेवा दिइएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...