म्याग्दीका खेलाडी सहभागी गण्डकीको बास्केटबल टिमले पदक दिलायो

Add Samajik bikash office

बेनी, । म्याग्दीका खेलाडीहरु सहभागी बास्केटबल खेलमा गण्डकी प्रदेशको टीमले नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक दिलाएको छ ।

म्याग्दीका खेलाडी सहभागी थ्रिवानथ्रि वास्केटबलमा टोलीले स्वर्ण, पुरुष बास्केटबलमा रजत र महिला बास्केटबलमा कास्य पदक दिलाएका हुन् । जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष विसन रानाका अनुसार थ्रिवान थ्रि बास्केटबलमा म्याग्दीका खेमराज पुन र पुस्कल छन्त्याल सहभागी हुनुभएको थियो ।

Bhautik ministry notice about road

रजत पदक जितेको गण्डकी प्रदेशको पुरुष बास्केटबल टिममा म्याग्दीका गिमेन पुन, सुदिप कार्की र खुम पुन सहभागी हुनुभएको थियो । कास्य पदक जितेको महिला बास्केटबलको गण्डकीको टोलीमा म्याग्दीका सिमा पुन, लिसिम पुन, इशा पुन, कबिता पुन, रति गुरुंग र साविया पुन सहभागी हुनुभएको थियो ।

Shreekrishna hardwear in news

यसैगरी नेपाल पुलिस क्लवबाट आर्चरी खेलको प्रतिस्पर्धामा सहभागी भएका म्याग्दीको मालिका गाउँपालिका ६ दिच्यामका नगेन्द्र आचार्यले स्ट्यान्डर्ड मेन व्यक्तिगततर्फ स्वर्ण पदक जित्नुभएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...