गठवन्धनका उमेद्वारले थाले घरदैलो

Gandaki Pardesh notice

बेनी । सत्तारुढ गठबन्धनमा आवद्ध नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका उमेद्वारले म्याग्दीमा मतदाता भेटघाटका लागि घरदैलो अभियान थालेका छन् ।

गठबन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेस म्याग्दीका सभापति खम बहादुर गर्बुजा (खम्बिर), प्रदेशसभा क्षेत्र (क) का उम्मेदवार नेकपा माओवादी केन्द्रका नेता हरि भण्डारी सहितको टोली उत्तरी म्याग्दीको वडास्तरीय भेला, घरदैलो र भेटघाटमा छन् भने प्रदेशसभा क्षेत्र नं २ का उम्मेदवार रेशम जुग्जाली सहित नेपाली कांग्रेस र माओवादीका नेताहरू जिल्लाको अति विकट गूर्जामा चुनावी अभियानमा छन् ।

सभासम्मेलन, माईकिङ लगायतका प्रचारप्रसारलाई निर्वाचन आयोगले कडाई गरेपछि गठबन्धनका उम्मेदवारहरु समृद्ध म्याग्दी बनाउने ५ बर्षे प्रतिवद्धता सहित वडास्तरको रणनीति बनाउने, मतदातालाई भेट्ने र मतदाताको घर–घरदैलोमा जाने कार्यक्रम सुरु भएको गठबन्धनको संयुक्त चुनावी प्रचारप्रसार समितिका संयोजक एवम् नेपाली कांग्रेसका उपसभापति केबी भण्डारीले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

‘मतदातालाई अवको पाँचबर्षमा गर्ने काम सहित उम्मेदवार घरदैलोमा पुग्नुहुने छ,‘मतदाताबाट सुझाव लिएर फर्किनुहुन्छ, त्यहीलाई हामीले ५ बर्षे प्रतिबद्धतापत्र बनाएर कार्यान्वयन गर्नेछौ’ संयोजक भण्डारीले भन्नुभयो । उहाँले गठबन्धनको तर्फबाट उम्मेदवार बनेकाहरू नेता तथा कार्यकर्तासँगै घरदैलोमा पुग्ने कार्यक्रमपछि आमसभा सहितका अन्य कार्यक्रमहरु निर्वाचन आयोगले दिएको समयभित्र गर्ने बताउनुभयो । उम्मेदवार सहितको टोली घरदैलोमा पुग्न थालेपछि चुनावी रौनक बढेको छ ।

गठबन्धनका दलहरुले वडा, बस्तीसम्मको कार्यविभाजन गरी चुनावी गतिविधिलाई तिब्रता दिएको बताइएको छ । घरदैलो अभियानमा ब्यस्त गठबन्धनका साझा उम्मेदवार प्रतिनिधिसभाका सदस्य खमबहादुर गर्बुजाले जनताका निकै उत्साह देखेको बताउनुभयो ।

उहाँले निर्वाचनको समय कम रहेकाले घरदैलो अभियानलाई तीव्रता दिएको र विभिन्न चरणमा जनताको माझमा पुग्ने बताउनुभयो । यसपटक गठबन्धनका उम्मेदवारले आफ्नो प्रतिबद्धता र गठबन्धन गर्नुको प्रमुख कारणका बारेमा मतदातालाई भेटेर नै प्रष्ट पार्ने गरी घरदैलोमा पुगेको प्रदेशसभा क्षेत्र (क) का उम्मेदवार हरि भण्डारीले बताउनुभयो ।

यसैबीच स्वतन्त्र उम्मेदवारहरू पनि चुनाव चिन्ह पाएसँगै मतदाता रिझाउन घरदैलो अभियान सुरु गरेका छन् । चुनाव चिन्ह पाएसँगै स्वतन्त्र तथा साना राजनीतिक दलका उम्मेदवारहरु चुनावी प्रचारप्रसारमा होमिएका छन् । स्वतन्त्र उम्मेदवार शुभचिन्तकसँगै मतदाताको घरमा पुगेर मत माग्ने गरेका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...