एमालेका उम्मेदवार घरदैलो र मतदाता भेटघाटमा

Shreekrishna hardware

बेनी, । मंसिर ४ हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेका उमेद्वारहरुले म्याग्दीमा मतदाता भेटघाटका लागि गाउँ पसेका छन् ।

एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार हरिकृष्ण श्रेष्ठसहित प्रदेशसभा (क)का उम्मेदवार पार्टी अध्यक्ष देवेन्द्रबहादुर कटुवाल क्षत्रीको एक टोलीले रघुगंगा गाउँपालिकाको विभिन्न वडा, टोल र वस्तीमा पुुगेर मतदातासमक्ष भोट मागेको छ । रघुगंगा–८, कुईनेमङ्गलेको घ्याँसीखर्क, चिमखोलाको लाम्मेला र दर्मिजा पुगेर मतदाता भेटघाटसहित घरदैलो अभियान गरेको हो ।

कुईनेमङ्गले र चिमखोलाको विभिन्न टोल तथा वस्तीमा पुगेर आफूहरुले आसन्न निर्वाचनमा एमालेको पक्षमा मतदान गर्न अपिल गरिएको प्रतिनिधिसभाका उम्मेदवार श्रेष्ठले बताउनुभयो । उहाँले एमालेले देशको नेतृत्व गर्दा जनमुखी बजेट तथा देश विकास निर्माणमा महत्वपूर्ण काम गरेको बताउँदै यसअघि एमाले नेतृत्वको सरकारले सुरु गरेका विकास निर्माणको कामलाई पूर्णता दिन पनि एमालेका उम्मेदवारलाई भोट दिएर जिताउन मतदातासमक्ष अनुरोध गर्नुभएको छ ।

Shreekrishna
म्याग्दी बहुमुखी क्याम्पसको सूचना

घरदैलो अभियान तथा मतदाता भेटघाट कार्यक्रममा प्रदेशसभा (क)का उम्मेदवार कटुवाल क्षत्रीले नेकपा एमालसँग देश विकास गर्ने स्पष्ट भिजन र नेतृत्व भएकाले एमालेको पक्षमा भोट दिन मतदातालाई आग्रह गर्नुभयो । उहाँले म्याग्दी जिल्लामा एमालेबाट निर्वाचित सांसद तथा नेताहरुको पहलमा म्याग्दीलाई हिमाली जिल्लामा सुचीकृत गर्ने, पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि पर्यटनलक्षित संरचनाहरु निर्माण गर्ने, लामो दुरी तथा अग्लो झोलुङ्गे पुल बनाउने, सडक विस्तार एवं स्तरोन्नति गर्ने, खानेपानी, खेलकुद, विद्यालय भवन निर्माणलगायत विभिन्न पूर्वाधारहरु निर्माणमा पर्याप्त बजेट र कार्यक्रमहरु सञ्चालन गरिएको बताउनुभयो ।

मतदाता भेटघाट तथा घरदैलो अभियान कार्यक्रममा एमाले रघुगंगा गाउँपालिका कमिटी अध्यक्ष दिपक बिखर्ची, सचिव झलक शर्मा, एमाले जिल्ला सदस्य चन्द्रमान छन्त्याल, युवा संघका जिल्ला संयोजक शिशिर शाही, एमाले रघुगंगा–८, का वडा कमिटी अध्यक्ष तेजिन फगामी र राष्ट्रिय जनसांस्कृतिक महासंघका जिल्ला महासचिव राजकुमार परियारसहितको टोली परिचालन भएको छ ।

म्याग्दीको प्रदेशसभा (ख)मा एमाले उम्मेदवार यामबहादुर गर्बुजा सहितको टोलीले घरदैलो अभियानमार्फत मतदाता भेटघाट कार्यक्रम गरी भोट मागेको जनाएको छ । उक्त टोलीले मालिका गाउँपालिका–६, दरबाङको दुखु, ७ नम्बर वडा विमको धुनट र डाँडागाउँमा पुगेर मतदाता भेटघाटसँगै एमाले उम्मेदवार तथा पार्टीको पक्षमा भोट मागिएको एमाले म्याग्दीका सचिवालय सदस्य एवं प्रदेशसभा (ख) निर्वाचन परिचालन समन्वय कमिटी संयोजक खरमाया बिटालुले बताउनुभयो ।
उहाँले घरदैलो अभियानमा उम्मेदवारसहित एमाले मालिका गाउँपालिका कमिटी अध्यक्ष बेगप्रसाद गर्बुजा, सचिव सन्तोष सुवेदी, जिल्ला कमिटी सदस्य गौमती चपाई र दरबाङका वडाध्यक्ष पथबहादुर रोका रहेको जानकारी दिनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...