तित्तता मेटाएर चुनावी सहकार्यमा गठबन्धनका नेता कार्यकर्ता

Gandaki Pardesh notice

बेनी, । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी श्रीप्रसाद रोका र नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जालीबीच गत बैशाखमा भएको स्थानीय तह निर्वाचनमा मालिका गाउँपालिकाको अध्यक्ष पदमा प्रतिस्पर्धा भएको थियो ।

पाँच महिनाअघिको चुनावमा असफल भएका दुवै जना आम नेता कार्यकर्ता र राजनीतिकर्मीहरुको पुर्वअनुमान विपरित मंसिर ४ गते हुने प्रतिनिधी र प्रदेशसभा सदस्य निर्वाचनमा संयुक्त चुनावी अभियानमा जुट्नुभएको छ ।

गठबन्धनबाट म्याग्दीको प्रदेशसभा सदस्य क्षेत्र (ख)मा उमेद्वार बनेका माओवादीका युवा नेता जुग्जाली सहितको चुनावी अभियानमा काँग्रेसका नेता रोकाको उपस्थितिले जिल्लामा फरक किसिमको राजनीतिक सन्देश दिएको छ ।

Shreekrishna hardwear in news

वि.स. २०६४ को चुनावमा गोविन्द पौडेल माओवादी र रेशमबहादुर बानिया नेपाली काँग्रेसबाट प्रतिनिधीसभा सदस्यको उमेद्वार हुनुहुन्थ्यो । त्यो चुनावमा विजयी भएका पौडेल र वि.स. २०७० को संविधानसभामा सरकारबाट मनोनित हुनुभएका संविधानसभा सदस्य बानिया अहिले गठबन्धनको आवश्यकता, औचित्यता, योजना कार्यकर्तालाई बुझाउन सँग सँगै प्रशिक्षणमा हिड्नुभएको छ ।

रोका, जुग्जाली, पौडेल र बानिया जस्तै धेरै काँग्रेस र माओवादीका नेता कार्यकर्ताहरु विगतका तित्तता बिर्सिएर गठबन्धनलाई कसिलो बनाउदै चुनावी अभियानमा जुटेका छन् । गठबन्धनको जिल्ला मुल परिचालन समितिका संयोजकको जिम्मेवारी पाएका काँग्रेसका जिल्ला उपसभापति कर्णबहादुर भण्डारीले पछिल्लो स्थानीय र त्यसअघिका चुनाव तथा अन्य मतभेदलाई थाती राखेर गठबन्धनलाई कसीलो र बलियो बनाइएको बताउनुहुन्छ ।

“गठबन्धनका नेता कार्यकर्ता उच्च मनोबलका साथ उमेद्वारलाई चुनाव जिताउन उत्साहका साथ परिचालन हुनुभएको छ,” उहाँले भन्नुभयो “गठबन्धनभित्र विश्वास कायम गरेर सहकार्य र संयुक्त चुनाव प्रचारप्रसारमा जुटेका छौ ।”

देशब्यापी तालमेल गरेका गठबन्धनमा आवद्ध नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले म्याग्दीका वडा र टोल स्तरमा संयुक्त भेला, बैठक र प्रशिक्षणलाई तिब्र बनाएका छन् ।

काँग्रेस म्याग्दीका उपसभापति भण्डारीले असोज ८ गतेभित्र ४५ वटै वडा र टोल स्तरमा कार्यकर्ता, भेला र प्रशिक्षण गरेर संयुक्त चुनाव परिचालन समिति बनाउने तयारी सहित नेताहरु परिचालन भएको बताउनुभयो । उमेद्वारहरुको टोली संयुक्त कार्यकर्ता र मतदाता भेटघाटमा व्यस्त छन् ।

Bhautik ministry notice about road

काँग्रेसले बेनी नगरपालिकाका १० वटै वडामा जिल्लाका शिर्ष जिल्लाका शिर्ष नेताहरुलाई विशेष जिम्मेवारी दिएर परिचालन गरेको भण्डारीले बताउनुभयो । जस अनुसार बिहिबार बेनी नगरपालिकाको वडा नम्बर ८, ६, २, ४, ५ र ९ मा काँग्रेस र माओवादीका संयुक्त कार्यकर्ता भेला गरेर संयुक्त चुनाव प्रचारप्रसार समिति गठन भएको छ ।

थाकनपोखरीमा भएको बेनपा–६ का कार्यकर्ता भेलामा नेकपा माओवादी केन्द्रका जिल्ला ईञ्चार्ज गोविन्द पौडेलले राजनीतिक स्थायीत्व, संबिधानको रक्षा र सम्बृद्धीका लागि गठबन्धनको जित आवश्यक रहेको बताउनुभयो ।

नेपाली काँग्रेसका नेता तथा संबिधानसभा सदस्य रेशमबहादुर बानियाले नेपालको राजनीतिक परिवर्तन र देशलाई अप्ठ्यारो अवस्थाबाट निकास दिन गठबन्धनका दलहरुको महत्वपूर्ण योगदान भएको ईतिहाँस भएकाले काँग्रेसले माओवादी र माओवादीले काँग्रेसलाई मतदान गर्न हिचकिचाउन नपर्ने बताउनुभयो ।

बेनी नगरपालिका–८ मा काँग्रेसका वडा सभापति हिमबहादुर भण्डारीको संयोजकत्वमा भएको संयुक्त भेलामा माओवादीका ईञ्चार्ज पौडेल, काँग्रेसका प्रदेश सदस्य तथा प्रदेशसभामा समानुपातिक उमेद्वार बिमला गौचन र उपसभापति केबी भण्डारीले आफ्नो स्वार्थ पुरा गराउन दूई दुई पटक प्रतिनिधिसभा भंग गरेर राजनीतिक अस्थिरता निम्ताउनेलाई जिताउदाँ जनमतको अपमान हुने बताउनुभयो ।

बेनी नगरपालिका–९ घतानको कार्यकर्ता भेलामा काँग्रेसका जिल्ला सचिव भरत रकालले गठबन्धनमा कुनै शंका नगर्न आग्रह गर्दै म्याग्दीको दिर्घकालिन विकासका लागि गठबन्धनका उमेद्वारलाई जिताउनुको विकल्प नभएको बताउनुभयो ।

बेनी नगरपालिका–२ को कार्यकर्ता भेलामा काँग्रेसका नेता दुर्गाराम सुवेदीले देशब्यापी गठबन्धनको लहर बढेको र म्याग्दीमा पनि गठबन्धनलेनै चुनाव जित्नेमा विश्वस्त भएर इमान्दारीताका साथ प्रचार प्रचारमा जुट्न आग्रह गर्नुभयो । माओवादीका नेता चन्द्रबहादुर घिमिरे र कृष्ण थापाले गणतन्त्र, संविधान ल्याउन र संबिधान बचाउन एक भएका राजतीतिक शक्ति प्रतिगमन आउन नदिन एक ठाउँमा उभिएका बताउनुभयो ।

राजतन्त्र फर्काउने मुद्दा बोकेको राप्रपासँगको चुनावी तालमेल गर्नेलाई साथ दिनु भनेको नेपालमा पुन शाहीकाल ल्याउनु जस्तै भएको नेताहरुको भनाई थियो । गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उमेद्वार काँग्रेसका खम्बिर गर्बुजा, प्रदेशसभा क्षेत्र (क)मा माओवादीका उमेद्वार हरिबहादुर भण्डारी, माओवादीका प्रदेश सदस्य विनोद केसी, माओवादीका प्रदेशसभा सदस्यमा समानुपातिक उमेद्वार बागविर पाइजा, काँग्रेसका जिल्ला कोषाध्यक्ष अमृतमान शेरचनको टोलीले अन्नपूर्ण गाउँपालिकाको दोवा, औलामा कार्यकर्ता भेटघाट गर्नुभएको छ ।

यसैगरी प्रदेशसभा क्षेत्र (ख)मा गठबन्धनबाट उमेद्वार बन्नुभएका माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जाली (सुविन), काँग्रेसका महाधिवेशन प्रतिनिधी श्रीप्रसाद रोका, प्रदेशसभा क्षेत्र (ख) का सभापति टंकप्रसाद पुन, धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनको टोली जिल्लाकै दुर्गममा पर्ने धवलागिरी गाउँपालिका १ गुर्जामा पुगेर कार्यकर्ता र मतदाता भेटघाट गर्नुभएको छ । टोलीले गुर्जावासीको समस्या समाधान र सडक सञ्जालमा जोड्न प्राथमिकता दिने प्रतिवद्धता जनाएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...