‘म्याग्दीको खेलकुदमा इतिहाँस बन्यो’

Sinchai Khanipani notice

बेनी, २ कात्तिक । जिल्ला खेलकुद विकास समितिले नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता म्याग्दीको खेल क्षेत्रमा नया इतिहाँस बनेको जनाएको छ ।

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत बेनीको खुल्ला मञ्च खेलमैदानमा महिला भलिबल र कालीपुल कवर्डहलमा तेक्वान्दोको राष्ट्रिय खेल सञ्चालन भएको थियो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले म्याग्दीको खेल इतिहाँसमा पहिलो पटक महिला भलिबल र तेक्वान्दोको राष्ट्रिय प्रतियोगिता सफल पारिएको बताउनुभयो ।

‘खेलाडी र दर्शकको भब्य उपस्थिति रह्यो,’ उहाँले भन्नुभयो ‘म्याग्दीको खेल क्षेत्रमा महिला भलिबल र तेक्वान्दोको राष्ट्रिय प्रतियोगिता सञ्चालन गरेर ऐतिहाँसिक काम गरेका छौ ।’ बेनीको खुल्ला मञ्चमा महिला भलिबल र कालीपुलको कवर्डहलमा तेक्वान्दो खेल सञ्चालन गरिएको थियो ।

Shreekrishna hardwear in news

अध्यक्ष केसीले खेल सञ्चालनको जिम्मेवारी दिने रााष्ट्रिय खेलकुद परिषद् र सफल बनाउन सहयोग गर्ने म्याग्दीका स्थानीय तह, जनप्रतिनिधी, प्रशासन, सुरक्षा निकाय, खेलकुद संघ, खेलकुद विकास समितिका पदाधीकारी, स्वमसेवक, पत्रकार लगायत सबैलाई धन्यवाद दिनुभएको छ ।

दुई वटै खेलका लागि खेलाडी, प्रशिक्षक, व्यवस्थापक, रेफ्रि गरेर ६०० जना भन्दा बढी पाहुना आएका थिए । आवास व्यवस्थापन होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ संगको समन्वय भएको थियो । उद्घाटन समारोहमा विभिन्न जात जातीको भेषभुषा र कला संस्कृति सहितको झाँकी प्रर्दशन गरिएको थियो । खेल सञ्चालनका लागि बेनीको खुल्ला मञ्च खेलमैदानमा दुई वटा भलिबल कोर्ट बनाइएको थियो ।

यसैगरी तेक्वान्दो सञ्चालनका लागि आयोजक राखेपले कवर्डहलमा म्याट लगायत सामग्री ल्याएको थियो । निर्माणाधिन बेनीको खुल्ला मञ्चको प्याराफिटमा भलिबल खेल हेर्न आएका दर्शक अटाएनन् ।

Bhautik ministry notice about road

भुईमा उभिएर खेल हेरेका थिए । भुईमा बिछ्याइएको कार्पेटमा पनि दर्शक खचाखच भरिए । फाइनल खेल हेर्न नौ हजार जना भन्दा बढी दर्शक आएका जिल्ला खेलकुद विकास समितिका अध्यक्ष केसीले बताउनुभयो । विभिन्न सञ्चार माध्यमले युट्युव र फेसबुक मार्फत पनि प्रत्यक्ष प्रशारण गरेका थिए ।

एक जना दर्शक चामबहादुर पुनले कुर्चि र प्याराफिटमा नअटाउने देखिएपछि बाँसको भएपनि अस्थायी प्याराफिट बनाएर खेल अवलोकनलाई सहज बनाउन सकेको भए राम्रो हुने बताउनुभयो । उहाँले खेलको बिचमा नाच र भाषण गरिदाँ पनि प्रतिस्पर्धा हेर्न आएका दर्शकलाई नरमाइलो भएको टिप्पणी गर्नुभयो ।

खेल सञ्चालनका दौरानमा बेनीमा आएका राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले खुल्ला मञ्च खेलमैदानको अधुरो प्याराफिटलाई पूर्णता दिन राखेपले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । गण्डकी प्रदेशका अन्य जिल्लाको तुलनामा म्याग्दीमा तयारी र व्यवस्थापकी हिसाबले खेल सञ्चालन राम्रो देखिएको राखेपका सदस्य राजेश गुरुङले बताउनुभयो ।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले नवौ खेलकुदले बेनी बजारलाई चलायमान बनाउन र यहाँको पर्यटन प्रर्वद्धन तथा धार्मिक, पर्यटकीय र ऐतिहाँसिक स्थलको प्रचारप्रसारमा सहयोग पुगेको बताउनुभयो । खुल्ला मञ्च खेलमैदान निर्माणका लागि नगरपालिकाले रु. ५० लाखको ठेक्का खुलाइसकेको उहाँले बताउनुभयो ।

जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाले राष्ट्रिय प्रतियोगिताले म्याग्दीका खेलाडीलाई उत्साहीतका साथै अन्तराष्ट्रिय खेल खेलेका खेलाडी र खेल सञ्चालन गरेका रेफ्री, यामपायरबाट सिक्ने अवसर मिलेको बताउनुभयो ।

तेक्वान्दोसंघ म्याग्दीका सचिव लक्ष्मण शर्माले प्रतियोगिता सञ्चालन भइरहँदा स्थानीय स्तरमा जागरुकता र सक्रीयता देखिएपनि अपनत्व लिने अवस्था नभएको गुनासो गर्नुभयो । तयारी, स्वमसेवक परिचालन र व्यवस्थापकीय काममा स्थानीय स्तरमा खेलकुद संघले चाहेर पनि अपनत्व महशुस गर्न नपाएको शर्माको गुनासो छ ।

अधिकार र स्रोतलाई विकेन्द्रित गरेमा प्रतियोगिता सञ्चालन अझै सहज हुने उहाँले सुझाव दिनुभयो । प्रतियोगिता सञ्चालन र व्यवस्थापकीय सबै जिम्मेवारी राखेपको भएको हुँदा आर्थिक स्रोत अभाव चुनौतिको रुपमा देखिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष केसीले बताउनुभयो । तयारी र व्यवस्थापकीय काम उधारोमा गरिएको र राखेपले बजेट व्यवस्थापन गर्ने प्रतिवद्धता जनाएको उहाँले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...