पुलिसलाई हराउदै महिला भलिवलमा सशस्त्रले स्वर्ण पदक जित्यो

Add Samajik bikash office

बेनी । विभागीय टिम सशस्त्र प्रहरीको (एपिएफ)ले नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगतको महिला भलिबलमा स्वर्ण पदक जितेको छ ।

बेनीको खुल्ला मञ्च खेलमैदानमा अर्को विभागीय टिम नेपाल पुलिस क्लवलाई एकका विरुद्ध तीन सेटले पराजित गर्दै सशस्त्रले उपाधी चुमेको हो । पहिलो सेट २५–१९, दोस्रो सेट ३०–२८ र चौथो सेट २५–१९ को अन्तरले शसस्त्रले जितेको हो ।

सशस्त्रलाई पुलिसले तेस्रो सेटमा २४–२६ को अन्तरमा पराजित गरेको थियो । बिनिता बुढाथोकीको कप्तानीमा रहेको शसस्त्र र कमला पुनको नेतृत्वमा मैदानमा उत्रीएको पुलिस क्लवको खेल प्रतिस्पर्धात्मक थियो ।

Shreekrishna hardwear in news

यसैगरी घरेलु टिम गण्डकीलाई एकका विरुद्ध तीन सेटले पराजित गर्दै बागमति प्रदेश प्रतियोगितामा तेस्रो भएको छ । बागमतिले दोस्रो, तेस्रो र चौथो सेटमा गण्डकीलाई २५–१२, २५–२१ र २५–१७ अन्तरमा पराजित गरेको हो । पहिलो सेट गण्डकीले बागमतिलाई २५–२० अन्तरमा जितेको थियो । शसस्त्रले बागमती र पुलिसले गण्डकीलाई हराउदै फाइनलमा पुगेका थिए ।

खुल्ला मञ्च खेलमैदान दर्शकले भरिभराउ थियो । दर्शकको हुटिङले खेलस्थल रमाइलो बनाएको थियो । दश हजार दर्शकले खेल अवलोकन गरेका जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाले बताउनुभयो । म्याग्दीका साथै पर्वत, बागलुङबाट पनि दर्शकहरु महिला भलिबलको फाइनल हेर्न बेनी आएका थिए ।

Bhautik ministry notice about road

असोज २८ गतेदेखि शुरु भएको प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिम सहभागी थिए । विजेता टिम शसस्त्रका खेलाडीलाई आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनही रु. १५ हजारका दरले पुरस्कृत गरेको छ ।

जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा, उपप्रमुख दिलकुमारी केसी, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, उपप्रमुख ज्योती लामिछाने, प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी राना, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले पुरस्कार, मेडल, प्रमाणपत्र र ट्रफी वितरण गर्नुभएको थियो ।

नवौ राष्ट्रिय प्रतियोगिता अन्तरगत बेनीमा आयोजित तेक्वान्दो खेल मंगलबार राती सकिएको थियो । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा भएको तेक्वान्दो प्रतियोगितामा ११ स्वर्ण, ४ रजत र १ कास्य पदक जितेको प्रहरी विजेता बनेको हो । ७ स्वर्ण, ८ रजत र २ कास्य पदक जितेको नेपाली सेनाको त्रिभुवन आर्मी क्लव दृतीय तथा तीन स्वर्ण, दुई रजत र ९ कास्य पदक जितेको शसस्त्र प्रहरी तेस्रो बनेको राष्ट्रिय खेलकुद परिषद्का तेक्वान्दो प्रशिक्षक नविन श्रेष्ठले जानकारी दिनुभयो ।

मधेश प्रदेशले १ स्वर्ण, दुई रजत र ५ कास्य, प्रदेश १ ले ८ वटा कास्य, बागमतीले १ रजत र ३ कास्य, गण्डकीले ७ कास्य, लुम्बीनीले २ रजत र ४ कास्य, कर्णालीले ३ कास्य, सदुरपश्चिम र एनआरएनएले एक÷एक वटा रजत पदक जितेका छन् । असोज २८ गतेदेखि शुरु भएको प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआरएनएका खेलाडीले विभिन्न २१ वटा खेलमा भाग लिएका थिए ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...